कुखुराको भालेको आक्रमणबाट १ जनाको मृत्यु!

कुखुराको भालेको आक्रमणबाट १ जनाको मृत्यु!

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ ३ गते बुधबार ०७:०५

  कुखुराको भालेको आक्रमणबाट १ जनाको मृत्यु भएको छ । यो खबर अष्ट्रेलियाका हो । त्यहाँ कुखुराको भालेको आक्रमणबाट एक वृद्धाको निधन भएको छ । आफैंले पालेको कुखुराको आक्रमणबाट ती वृद्धाको मृत्यु भएको अष्ट्रेलियाका प्रहरीले जनाएका...

 

कुखुराको भालेको आक्रमणबाट १ जनाको मृत्यु भएको छ । यो खबर अष्ट्रेलियाका हो । त्यहाँ कुखुराको भालेको आक्रमणबाट एक वृद्धाको निधन भएको छ ।

आफैंले पालेको कुखुराको आक्रमणबाट ती वृद्धाको मृत्यु भएको अष्ट्रेलियाका प्रहरीले जनाएका छन् । दक्षिण अष्ट्रेलियास्थित आफ्नै घर पछाडि ती महिलाको सानो खोरमा कुखुरा पालन गरेकी थिइन् ।

महिला कुखुराको अण्डा संकलन गर्नको लागि खोर गएकी थिइन् । सोही क्रममा त्यहाँ भएको भालेले महिलालाई आक्रमण गरेको हो ।

भालेको आक्रमणबाट वृद्धाको शरीरबाट अत्यधिक रगत बगेपछि उनको निधन भएको प्रहरीले जनाएका छन् ।

कुखुराहरू प्रायः अहिंस्रक मानिन्छन् । भाले चाँही कहिलेकाँही आक्रमक हुने गर्दछ । प्रहरीले यस घटना अनौठो भएको बताएको छ । –एजेन्सी

प्रकाशित मिति २०७७ भदौ ३ गते बुधबार ०७:०५
प्रतिक्रिया दिनुहोस