रौतहटमा बुधबार राति गोली हानेर एक पुजारीको हत्या भएकाे छ।
प्रहरीका अनुसार रौतहटको माधवनारायण नगरपालिका-२, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहलाई बुधबार राति ९ बजे अज्ञात समूहले गोली हानी हत्या गरेको हो।
मन्दिर अगाडि खाना खाने तयारी गरिरहेका बेला पुजारी साहलाई कन्चटमा गोली हानिएकाे हाे।
गोली लागेर उनकाे घटनास्थलमै मृत्यु भएको राैतहट जिल्ला प्रहरीका कार्यालयका प्रवक्ता डीएसपी भरत श्रेष्ठले जानकारी दिएका छन्।
घटनालगतै जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्का, डीएसपी ज्ञानकुमार महतोसहितकाे प्रहरी टोली घटनास्थलतर्फ गएकाे छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।
प्रकाशित मिति २०७७ भदौ ४ गते बिहिबार ०१:२८