राष्ट्रियसभाध्यक्षले दिए हिन्दुनारीलाई तीजको शुभकामना

राष्ट्रियसभाध्यक्षले दिए हिन्दुनारीलाई तीजको शुभकामना

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ ४ गते बिहिबार ०३:२४

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले हिन्दू नारीहरूको पर्व हरितालिका तीजको अवसरमा शुभकामना सन्देश जारी गर्नुभएको छ। उहाँले शुभकामना सन्देश जारी गर्दै देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख,...

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले हिन्दू नारीहरूको पर्व हरितालिका तीजको अवसरमा शुभकामना सन्देश जारी गर्नुभएको छ।

उहाँले शुभकामना सन्देश जारी गर्दै देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको कामना गर्नुभएको छ।

अध्यक्ष तिमिल्सिनाले विगतका वर्षहरूमा परिवार, आफन्तजन, साथीहरू जम्मा भएर हर्सोउल्लासका साथ मनाउने गरिएको तीज पर्व यस वर्ष भने विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण उच्च सतर्कताका साथ मनाउन सबैमा अनुरोध गर्नुभएको छ।

चाडपर्वहरू मनाउँदा मौलिकतालाई जगेर्ना गर्दै निरन्तरता दिनु आवश्यक छ,ु अध्यक्ष तिमिल्सिनाद्वारा जारी सन्देशमा उल्लेख छ, पारिवारिक मिलन र सामाजिक सद्भावपूर्ण यस पर्वमा समेत जमघट गर्न अहिलेको समय प्रतिकुल भएकाले सम्पूर्णमा सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्दै मनाउनुहुन हार्दिक अनुरोध गर्दछु।

 

प्रकाशित मिति २०७७ भदौ ४ गते बिहिबार ०३:२४
प्रतिक्रिया दिनुहोस