असार ७, २०७५ पुरातत्व विभागले नवलपरासीको गैंडाकोट नगरपालिकाको सिख्रौली घाटस्थित मणीमुकुन्द सेनकालिन मन्दिरको पुन: निर्माण गर्ने भएको छ । चौधौं वा पन्ध्रौं शताब्दीमा सेन राजाको शासनकालमा भब्य कलात्मक मन्दिर रहेको पुरातत्व विभागको उत्खननले प्रमाणीत गरेको छ । उही बेलाको र उस्तै शैलीको मन्दिर पुन: निर्माण गर्न पुरातत्व विभागले ७ करोड ६९ लाख रमक विनियोजन गरेको छ ।
नदी किनारमा भेटिएको कैशाल सन्यास आश्रम वरपर करीब ३ हजारको संख्यामा कलात्मक ढुंगाहरु भेटिएको छ । भेटिएका सबै ढुंगामा कलात्मक बुट्टा कुंदिएको छ । नदी किनारमा बढेमानका ढुंगा कहाँबाट ल्याइए होलान भनेर धेरैको ध्यान तान्ने गरेको छ । पुरातत्व विद् रामबहादुर थापाका अनुसार महाभारत पर्वत वा चुरे क्षेत्र नजिक पर्ने भएकाले ति ढुंगा त्यहिबाट ल्याइएको अनुमान गर्न सकिन्छ । उनका अनुसार त्यहाँ उत्खनन गर्दा भेटिएको शिव मन्दिर र त्यसको गर्भमा भेटिएको शिव लिंगको आधारमा त्यहाँ भब्य शिवको मन्दिर रहेको पुष्टि हुन्छ । त्यहाँ भेटिएका वस्तु अंशको अधिकतम प्रयोग गर्ने योजनामा पुरातत्व विभाग रहेको उनले सुनाए ।

मणिमुकुन्द सेनकालिन मन्दिर निर्माण भए यस क्षेत्रकै मुहार फेरीने विश्वास स्थानीय गोबिन्द कोइरालाको रहेको छ । स्थानीयले त्यहाँ पुरानै शैलीका मन्दिर निर्माण गराउन सरकार र पुरातत्व विभागसंग आग्रह गरेको आधारमा ६ वर्षअघि देखि त्यहाँ विभागले चासो देखाएर उत्खनन गरेको हो । चौधौं वा पन्ध्रौं शताब्दीमा पाल्पामा मणिमुकुन्द सेनको शासनकाल रहेको इतिहासमा उल्लेख रहेको छ । विक्रमको १५५० मा पाल्पा राज्यको स्थापना भएको हो । सुर्खेतको काक्रे बिहारमा झै उही शैलीका कलात्मक ढुंगा भेटिएको हो । त्यहाँबाट २२ किलोमिटर दक्षिण पश्चिममा रहेको वाल्मिकी आश्रममा पनि त्यस्तै कलात्मक ढुंगाहरु रहेको छ । यी सबै क्षेत्रमा सेनकालिन राजाका समयमा भब्य र आर्कषक मन्दिर रहेको अनुमान पुरातत्व विदहरुको रहेको छ ।

प्रकाशित मिति २०७५ असार ८ गते शुक्रबार ०५:०१