फेरि थपिए ८३८ जना संक्रमित, आईसीयूका बिरामी बढे

फेरि थपिए ८३८ जना संक्रमित, आईसीयूका बिरामी बढे

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ ५ गते शुक्रबार १२:२९

नेपालमा फेरि ८३८ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २९२ महिला र ५४६ पुरुष गरी उक्त संख्यामा संक्रमित थपिएका हुन्। गत २४ घण्टामा २५० जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले...

नेपालमा फेरि ८३८ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २९२ महिला र ५४६ पुरुष गरी उक्त संख्यामा संक्रमित थपिएका हुन्।

गत २४ घण्टामा २५० जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। योसँगै १८ हजार २ सय १४ जना डिस्चार्ज भई घर फर्किएका हुन्। ५ लाख ७९ हजार ८ सय ९९ जनामा अहिलेसम्म पीसीआर परीक्षण गरिएको उनले बताए।

यसैबीच, पछिल्ला केही दिनयता आईसीयूमा उपचार गर्नेहरु बढेको उनले जानकारी दिए। हालसम्म १३३ जना आईसीयूमा छन् भने भेन्टिलेटरमा वागमती प्रदेशका १५ जनाको उपचार भइरहेको छ।

प्रकाशित मिति २०७७ भदौ ५ गते शुक्रबार १२:२९
प्रतिक्रिया दिनुहोस