हिँडडुलमा रोक लगाउन खोज्दा ललितपुरमा प्रहरी कुटिए

हिँडडुलमा रोक लगाउन खोज्दा ललितपुरमा प्रहरी कुटिए

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ ५ गते शुक्रबार १२:३१

ललितपुरमा प्रहरीमाथि हातपात भएको छ। ललितपुरको बालकुमारीमा डियुटीमा खटिएका प्रहरीमाथि कुटपिट भएको हो। पैदल हिँडीरहेका दुई जनालाई सोधपुछ गर्ने क्रममा प्रहरीमाथि हातपात भएको ललितपुर प्रहरीले जनाएको छ। प्रहरीमाथि हातपात गर्ने...

ललितपुरमा प्रहरीमाथि हातपात भएको छ। ललितपुरको बालकुमारीमा डियुटीमा खटिएका प्रहरीमाथि कुटपिट भएको हो।

पैदल हिँडीरहेका दुई जनालाई सोधपुछ गर्ने क्रममा प्रहरीमाथि हातपात भएको ललितपुर प्रहरीले जनाएको छ।

प्रहरीमाथि हातपात गर्ने पाटन सुन्धारा बस्ने मकवानपुर ईन्द्रसरोवर गाउँपालिका ३ का २५ वर्षीय नविन तामाङ र सोही ठाउँका अर्का किशोर छन्।

महानगरीय प्रहरी प्रभाग बालकुमारीबाट खटिएको प्रहरीले पैदल हिँडिरहेका यात्रुलाई सोधपुछ गरिरहेको थियो।

कुटपिटबाट घाइते भएका २ जना प्रहरी बीएण्डबी अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएका छन्।

प्रकाशित मिति २०७७ भदौ ५ गते शुक्रबार १२:३१
प्रतिक्रिया दिनुहोस