एपीएफका ३६ खेलाडीलाई कोरोना संक्रमण

एपीएफका ३६ खेलाडीलाई कोरोना संक्रमण

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ ५ गते शुक्रबार १२:४९

सशस्त्र प्रहरी बल (एपीएफ) का ३६ खेलाडीलाई कोरोना संक्रमण भएको छ। सीमा क्षेत्रमा खटेर फर्केका खेलाडीमा कोराना भाइरसको संक्रमण देखिएको हो। विभिन्न खेलका ८२ खेलाडीलाई भक्तपुर र काठमाडौंको क्वारेन्टिनमा राखिएको थियो। भक्तपुरमा...

सशस्त्र प्रहरी बल (एपीएफ) का ३६ खेलाडीलाई कोरोना संक्रमण भएको छ।

सीमा क्षेत्रमा खटेर फर्केका खेलाडीमा कोराना भाइरसको संक्रमण देखिएको हो।

विभिन्न खेलका ८२ खेलाडीलाई भक्तपुर र काठमाडौंको क्वारेन्टिनमा राखिएको थियो। भक्तपुरमा २० र काठमाडौंमा रहेका १६ जनालाई संक्रमण देखिएको हो। एपीएफले खेलाडीलाई भक्तपुरको दुवाकोस्थित गुहेश्वरी गण र कीर्तिपुरको निलबाराही गणमा राखेको थियो।

भारतसँगको सीमा नाकाको सुरक्षाका लागि एपीएफले ८६ खेलाडी खटाएको थियो। ती मध्ये ८२ खेलाडी शुक्रबार काठमाडौं फर्केका थिए। खेलाडीलाई पीसीआर परीक्षणपछि आफ्नो स्थानमा पठाउने बताएपनि धेरै खेलाडीको कोरोना पोजेटिभ आएपछि अन्य खेलाडीलाई पनि क्वारेन्टिनमा नै राखिएको छ।

एक महिनाका लागि भन्दै जेठ १९ गते आफ्ना खेलाडीलाई सिमानाका पठाएको एपीएफले साढे दुई महिनापछि मात्र उनीहरुलाई फर्काएको थियो।

प्रकाशित मिति २०७७ भदौ ५ गते शुक्रबार १२:४९
प्रतिक्रिया दिनुहोस