पर्वत । पर्वतको बिहादी गाउँपालिकाका एक व्याक्ति कालीगण्डकी नदीमा खसेर बेपत्ता भएका छन् ।
प्रहरीका अनुसार बिहादी ४ का विष्णुप्रसाद भुसाल कालीगण्डकी नदीमा खसेर वेपत्ता भएका हुन् । नदीमा बेपत्ता भएका भुसालको खोजी भैरहेको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक बुद्धिप्रसाद सुबेदीले नदी किनारमा दिनभरी खोजी गरिएको र यो समाचार तयार पार्दा सम्म उहाँको अवस्था पत्ता लाग्न नसकेको बताउनुभयो । अन्दाजी ४८ वर्षका भुसाल बिहान ९/१० बजेतिर कालीगण्डकीमा हाम फालेको गाउँलेले बताएका छन् ।
कालीगण्डकी नदीकिनारमा गएर म त बिदा हुन गएको हुँ भनेर फोन गरेपछि गाउँले खोजी गर्न गएको र खोजीका लागि किनारमा पुगेका गाउँलेलाई हात हल्लाएर बिदाई माग्दै भुसाल नदीमा हाम फालेको जानकारी आएको गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालले जानकारी दिनुभयो ।
गाउँले र प्रहरीले दिनभरी खोजी गरेपनि अवस्था पत्ता लगाउन नसकेपछि भोली मिर्मि स्थित कालीगण्डकीको ड्यामसम्म खोजी गर्ने निर्णय भएको भुसालले बताउनुभयो ।
हाम आत्माहत्या गर्नुका पछाडी परिवारमा कुनै मनमुटाव भएको, परिवारमा आर्थिक संकट परेको, झगडा गरेको, मानसिक अवस्था बिग्रिएको जस्ता कुनै कारण खुल्न नसकेको भुसालले बताउनुभयो ।
प्रकाशित मिति २०७७ भदौ ५ गते शुक्रबार ०२:१०