मुस्ताङमा सलह किरा प्रति किलो सय रुपैयाँ स् २५ सय किलो जम्मा

मुस्ताङमा सलह किरा प्रति किलो सय रुपैयाँ स् २५ सय किलो जम्मा

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ ७ गते आईतबार ०५:१३

  जोमसोम स् हिमाली जिल्ला मुस्ताङमा सलह किराले जिल्लाका विभिन्न किसानले लगाएको बर्खे अन्नबाली नष्ट गरेको छ। छिमेकी देश भारतका विभिन्न प्रान्त हुँदै नेपाल प्रवेश गरेको सलह किरा गत एक महिना अघिदेखि लाखौंको झुन्ड मुस्ताङमा फैलिएको...

 

जोमसोम स् हिमाली जिल्ला मुस्ताङमा सलह किराले जिल्लाका विभिन्न किसानले लगाएको बर्खे अन्नबाली नष्ट गरेको छ। छिमेकी देश भारतका विभिन्न प्रान्त हुँदै नेपाल प्रवेश गरेको सलह किरा गत एक महिना अघिदेखि लाखौंको झुन्ड मुस्ताङमा फैलिएको जनाइएको छ।

 

विश्वव्यापी माहामारीको रुपमा फैलिएको नोवल कोरोना भाइरस ९ कोभिड—१९०का कारण आम जनमानसमा स्वास्थ्य शन्त्राश बढिरहेको अवस्थामा मुस्ताङमा पटक(पटक सलह किराको प्रवेशले किसान थप चिन्तित बनेका छन्। गत श्रावणको पहिलो सातादेखि सुरु भएको सलहको झुन्ड प्रवेश गर्ने क्रम अझै रोकिएको छैन। मुस्ताङमा पटक(पटक गरी करोडौंको संख्यामा सलह किरा मुस्ताङ भित्रिएको थासाङ गाउँपालिकाका कृषि प्राविधिक सहायक रामशरण सापकोटाले जानकारी दिए। म्याग्दी र मुस्ताङको मुख्य प्रवेशद्वार मानिएको थासाङ गाउँपालिका भने अन्नबालीमा धेरै क्षति पुर्‍याएपछि सलह किरा नष्ट गर्ने अभियानमा जुटेको छ।

कृषि प्राविधिक सापकोटाले सलह किरा संकलन गर्ने व्यक्तिलाई प्रति केजी रु एक सय रुपैयाँ पारिश्रमिक दिने गरी पालिकाले सलह संकलन गर्ने अभिायन थालेको बताए। उनका अनुसार थासाङ गाउँपालिकाले भदौ १ गतेदेखि सहल नष्ट गर्ने अभियान सुरु गरेको हो। थासाङमा शुक्रबारसम्म करिव २५ सय केजी सलह किरा संकलन गरी खाल्डो खनी डिस्पोज गरेको कृषि प्राविधिक सापकोटाले जनाए।

थासाङ—३ को लेते र धम्पुमा १४ सय ३० केजी र थासाङ—५ को छयो गाउँबाट करिव ११ सय केजी जम्मा गरिएको हो। अन्य वडामा पनि सलह संकलन गर्दै जाने पालिकाको योजना छ। किसानले अथक परिश्रम गरी लगाएको अन्नबाली नष्ट गरेपछि पालिकाले सलह नष्ट गर्न थालेको सापकोटाको भनाइ छ। ुसलह किराको संख्या घटेको छैन। जति नष्ट गर्‍यो उति बढेको छ। थासाङले भाद्र ५ गतेसम्म २ लाख ५० हजार रुपैयाँ सलह नष्ट गर्न खर्च गरिसकेको छ’, कृषि प्राविधिक सापकोटाले उल्लेख गरे।

आफ्नो खेतबारी लगाएको अन्नबाली नष्ट गरेको र पालिकाले पनि सलह संकलन गर्न पारिश्रमिक दिएकाले गाउँका युवायुवती सलह संकलनमा जुटेको थासाङ—३ लेतका स्थानीय विशाल विकले जानकारी दिए। पालिकाले सलह किरा पूर्ण रुपमा निस्तेज नभएसम्म सलह संकलन अभियान जारी राख्ने जनाएको छ। यस्तै सलह किराले थासाङ गाउँपालिका जस्तै वारागुङ मुक्तिक्षेत्रको ताङ्वे ,छुसाङ ,कागबेनी ,पाक्लिङ ,फल्याक ,झोङ र मुक्तिनाथ लगायतका गाउँमा किसानले लगाएको मकै, आलु , फापर र सिमी लगायतका बर्खेबालीमा क्षति पुर्‍याएको वारागुङ मुक्तिक्षेत्रका सूचना अघिकारीले सूर्य तिमिल्सिनाले जानकारी दिए।

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा पनि सलह किराले किसानको बाली क्षति पुर्‍याएको लोघेकरका वडाध्यक्ष सम्तेन धावा गुरुङले बताए। घरपझोङको मार्फ, ठिनी र स्याङ लगायतका गाउँमा पनि सलहले बालीनालीमा क्षति पुर्‍याएको छ। मुस्ताङको थासाङ गाउँपालिकाले सलह नष्ट गर्न बजेट नै छुट्याएको छ भने अन्य पालिकाले वास्ता गरेको पाइएको छैन। अन्य पालिकामा किसानले सलह धबाउन आगो बालेर धुवा पुत्याउने र थाल ठटाउने लगायतका विधि अपनाएका छन्।

प्रकाशित मिति २०७७ भदौ ७ गते आईतबार ०५:१३
प्रतिक्रिया दिनुहोस
लोप हुँदै मोदीका असला

लोप हुँदै मोदीका असला
२०८१ चैत २० गते बिहिबार ०५:३३

ढुसीको संक्रमणले पर्वतमा धानबाली नष्ट

ढुसीको संक्रमणले पर्वतमा धानबाली नष्ट
२०८१ साउन २२ गते मङ्गलबार ०६:२६

कृषक सुचिकरणको  लागि गणक आउने बारेको सूचना

कृषक सुचिकरणको लागि गणक आउने बारेको सूचना
२०७९ असार १२ गते आईतबार ०६:२७