पाङमा एक घर एक टनेल

पाङमा एक घर एक टनेल

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ ७ गते आईतबार ०९:०२

पर्वत । कुश्मा नगरपालिका १ पाङमा प्रधानमन्त्री कृषि परियोजना लागू भएसँगै यहाँका कृषकको दैनिकी फेरिएको छ । एक घर एक टनेलसँगै अहिले यहाँका कृषकहरु तरकारी खेतीमा खुलेर लाग्न थालेका छन् । मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ’को...

पर्वत । कुश्मा नगरपालिका १ पाङमा प्रधानमन्त्री कृषि परियोजना लागू भएसँगै यहाँका कृषकको दैनिकी फेरिएको छ । एक घर एक टनेलसँगै अहिले यहाँका कृषकहरु तरकारी खेतीमा खुलेर लाग्न थालेका छन् ।

मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ’को रूपमा घोषणा गरेर गण्डकी प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कार्यक्रम लागू भएपछि यहाँका कृषकको जीवनशैली फेरिएको हो ।

डोकोमा तरकारी बोकेर घण्टौका यात्रा गरे बागलुङ र कुश्मा बजार आउनु पर्ने बाध्यता विश्वकै लामो झोलुङ्गे पुल निर्माण भएपछि त्यो समस्याको समधान भएको छ । अहिले पाङका कृषकलाई कुश्मा बजार भन्दा बागलुङ बजार पुग्न सजिलो भएको छ । यसले झन कृषकको हौसला बढेको छ ।

वातवरणमैत्री कृषि गाउँ परियोजना संचालन भएपछि आर्थिक रुपमा कमजोर महिला अहिले अगाडी देखिएका छन् । सधै पैसाको लागि श्रीमानको भर पर्नुपर्ने यहाँका महिला अहिले आफ्नै करेसाबारीबाट ७० देखि ८० हजार कमाउन थालेका छन् । अहिले यहाँ ८५ घरपरिवार यो परियोजनाबाट लाभान्वीत भएका छन् ।

‘यो कार्यक्रममा गोठ सुधार, घर घरमा टनेल, करेसाबारी निर्माण, फूल रोपण र हरेक घरमा हरियो रङ लगाउने कामहरू हुन्छन्,’ ।
एक वर्षको अवधिमा करिब ८५ घरले टनेल हाल्ने, घरमा हरियो रङ लगाउने, करेसाबारी निर्माण गर्ने र गोठ सुधारको काम गरेका छन्। १० समूह निर्माण गरेर प्रतिसमूह एउटा मिनी टिलर बाँडिएको छ। किसानहरूले नै ‘पार्वती नमुना कृषि गाउँ कृषि सहकारी संस्था’ चलाएर यसैका माध्यमबाट प्रदेशबाट आएको बजेटलाई सदुपयोग गर्ने गरेका छन् । स्थानीय देवेन्द्र सुवेदीले भने ।

प्रदेश सरकारले पहिलो वर्ष ३० लाख, दोस्रो वर्ष १५ लाख गर्दै ५ वर्षमा बजेट शून्य बनाएर यो परियोजना पूरा गर्दै छ । परियोजनामा परेका किसानहरूले एक पटक लगाएको बिरुवाले ६ महिनासम्म उत्पादन दिने र ५० हजारदेखि एक लाख रुपैयाँसम्म आम्दानी हुने गरेको बताउँछन्।

मेरो घरमा पाँचवटा टनेल छन्। चार ओटामा गोलभेंडा र एउटामा बन्दा लगाउने हो,’ कृषक लक्ष्मी पौडेलले भनिन्, वर्षमा लगभग साढे दुई लाख जतिको फल्यो।’ घर परिवारमा जागिर भएको मान्छे नभए पनि गोलभेंडा बेचेरै दैनिकी चलेको छ उनले भनिन् । पैसाको लागि पुरुषको भर पर्ने अवस्थाको अन्त्य भएको छ उनले भनिन् ।

प्रकाशित मिति २०७७ भदौ ७ गते आईतबार ०९:०२
प्रतिक्रिया दिनुहोस
लोप हुँदै मोदीका असला

लोप हुँदै मोदीका असला
२०८१ चैत २० गते बिहिबार ०५:३३

ढुसीको संक्रमणले पर्वतमा धानबाली नष्ट

ढुसीको संक्रमणले पर्वतमा धानबाली नष्ट
२०८१ साउन २२ गते मङ्गलबार ०६:२६

कृषक सुचिकरणको  लागि गणक आउने बारेको सूचना

कृषक सुचिकरणको लागि गणक आउने बारेको सूचना
२०७९ असार १२ गते आईतबार ०६:२७