पर्वतमा कालोबजारीयाको बिगबिगी, प्रशासन मौन

पर्वतमा कालोबजारीयाको बिगबिगी, प्रशासन मौन

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ ७ गते आईतबार ०९:०७

पर्वत । कोरोना भाइरस (कोभिड १९ ) को कहर बीच जिल्लामा कालोबजारीयाहरु सलबलाएका छन् । मौकामा चौका हान्ने योजनाका साथ कालो बजारीयाहरुले दैनिक उपभोग्य बस्तुको मुल्य ह्वात्तै बढाएका छन् । माक्स, सेनिटाइजरको मुल्यमा पनि छोइनसक्नु बनाएका...

पर्वत । कोरोना भाइरस (कोभिड १९ ) को कहर बीच जिल्लामा कालोबजारीयाहरु सलबलाएका छन् ।

मौकामा चौका हान्ने योजनाका साथ कालो बजारीयाहरुले दैनिक उपभोग्य बस्तुको मुल्य ह्वात्तै बढाएका छन् । माक्स, सेनिटाइजरको मुल्यमा पनि छोइनसक्नु बनाएका छन् ।

पाँच रुपैयाँमा पाइने माक्सलाई १५ असुली गरेका छन् । दैनिक उपभोग्य समाग्रीको मुख्य ह्वात्तै बढाएका छन् तर बजार अनुगमनको अख्तियारी पाएको जिल्ला प्रशासन, उपभोक्ता मंच, उवासंघ भने कानमा तेल हालेर बसेका छन् ।

जिल्लाका अधिकांश किराना पसलमा दैनिक उपभोग्य बस्तुको मुल्य सूची राखिएको छैन भने पसले विच्छै बस्तुको मुल्यमा फरक पाइएको छ । दैनिक उपभोग्य बस्तु दाल, चामल, तेल, नून,मसला आदीको मुल्य बृद्धि भएको छ ।

जिल्लामा कोरोना संक्रमितको संख्या १०७ पुगेको छ भने अहिलेसम्म ९८ जना निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति २०७७ भदौ ७ गते आईतबार ०९:०७
प्रतिक्रिया दिनुहोस