१६ लाख रुपैयाँ फालेर मोटरसाइकल चालक फरार

१६ लाख रुपैयाँ फालेर मोटरसाइकल चालक फरार

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ ७ गते आईतबार ०९:३६

महागढीमाई नगरपालिका–७ बेनौलीस्थित सडकबाट एक व्यक्तिले प्रहरीलाई देख्नासाथ १६ लाख रुपैयाँ नगदसहितको झोला फालेर भागेका छन्। पश्चिम बेनौली चोकतर्फबाट आएको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा चालकले आफ्नो साथमा बोकेको झोला...

महागढीमाई नगरपालिका–७ बेनौलीस्थित सडकबाट एक व्यक्तिले प्रहरीलाई देख्नासाथ १६ लाख रुपैयाँ नगदसहितको झोला फालेर भागेका छन्।

पश्चिम बेनौली चोकतर्फबाट आएको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा चालकले आफ्नो साथमा बोकेको झोला फालेर फरार भएपछि झोलामा राखेको अवस्थामा १ हजार दरको ७ सय ६२ थान र ५ सय दरको १ हजार ६ सय ७६ थान गरी जम्मा १६ लाख रुपैयाँ फेला परेको हो।

फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति २०७७ भदौ ७ गते आईतबार ०९:३६
प्रतिक्रिया दिनुहोस