देशभरमा ८१८ कोरोना संक्रमित थपिए, २८१ जना निको भए

देशभरमा ८१८ कोरोना संक्रमित थपिए, २८१ जना निको भए

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ ७ गते आईतबार ११:००

नेपालमा पछिल्लो २४ घण्टामा थप ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार देशभरमा थप ८१८ जनामा कोरोना पुष्टि...

नेपालमा पछिल्लो २४ घण्टामा थप ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार देशभरमा थप ८१८ जनामा कोरोना पुष्टि भएको हो।

२२० महिला ५९८ पुरुष गरी ८१८ जान संक्रमित भेटिएको प्रवक्ता गौतमले जनाकारी दिए। योसहित नेपालमा हालसम्म संक्रमित हुनेको संख्या ३१ हजार ९ सय ३५ पुगेको छ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार २६ जनाको पीसीआर परीक्षण भएको छ। योसँगै नेपालमा ६ लाख ४ सय ४४ जनाको पीसीआर परीक्षण भएको छ।

विगत २४ घण्टामा २ सय ८१ जना कोरोना स‌ंक्रमित निको भइ घर फर्किएका छन्। योसँगै नेपालमा हालसम्म १८ हजार ६३१ जना कोरोनाबाट निको भएका छन्।

प्रकाशित मिति २०७७ भदौ ७ गते आईतबार ११:००
प्रतिक्रिया दिनुहोस