काठमाडौँका ३ सहित कोरोना संक्रमणबाट थप ७ को मृत्यु, मृतकको संख्या १६४ पुग्यो

काठमाडौँका ३ सहित कोरोना संक्रमणबाट थप ७ को मृत्यु, मृतकको संख्या १६४ पुग्यो

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ ९ गते मङ्गलबार ११:०२

काठमाडौँका ३ सहित नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ। मंगलबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौँकी एक महिलासहित ७ जनाको मृत्यु...

काठमाडौँका ३ सहित नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ।

मंगलबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौँकी एक महिलासहित ७ जनाको मृत्यु भएको बताए।

प्रवक्ता गौतमका अनुसार काठमाडौँकी ७१ वर्षीया महिला, काठमाडौँकै ७४ र ६६ वर्षीय पुरुष, सिरहाका २२ वर्षीय पुरुष, पर्साका ६८ वर्षीय पुरुष, धनुषका ७६ वर्षीय पुरुष र रुपन्देहीको ५३ वर्षीय पुरुषको मृत्यु भएको हो।

योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउने संख्या १६४ वर्ष पुगेको छ।

प्रकाशित मिति २०७७ भदौ ९ गते मङ्गलबार ११:०२
प्रतिक्रिया दिनुहोस