मन्त्रिपरिषद् बैठक जारी, कुलमान घिसिङबारे निर्णय गर्ला?

मन्त्रिपरिषद् बैठक जारी, कुलमान घिसिङबारे निर्णय गर्ला?

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ ९ गते मङ्गलबार ०१:१६

मन्त्रिपरिषद्को नियमित बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। प्रायः सोमबार बस्ने गरेको मन्त्रिपरिषद् बैठक आज मंगलबार बस्न लागेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सो नियमित...

मन्त्रिपरिषद्को नियमित बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।

प्रायः सोमबार बस्ने गरेको मन्त्रिपरिषद् बैठक आज मंगलबार बस्न लागेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सो नियमित बैठक बालुवाटारमा भर्खर सुरु भएको हो।

सो बैठकले जारी निषेधाज्ञा, केहि नियुक्ति लगायतका विषयमा निर्णय गर्ने बताइएको छ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिन लागेका बेला बस्न लागेकाे साे बैठकलाई उत्सुकताका साथ हेरिएको हाे।

विद्युत प्राधिकरणमा कार्यकारी निर्देशकको रुपमा उनको कार्यकाल भदौ २९ गते सकिँदैछ।

नेपालमा लोडसेडिङको अन्त्य गर्ने, प्राधिकरणलाई ठूलो घाटाको चंगुलबाट बचाउने लगायतका सुधार कार्य गरेको भनी घिसिङलाई नै सो पदमा निरन्तरता दिनुपर्ने भन्दै सामाजिक सञ्जालमा अभियान समेत सुरु भएका छन्।

प्रकाशित मिति २०७७ भदौ ९ गते मङ्गलबार ०१:१६
प्रतिक्रिया दिनुहोस