गण्डकी प्रदेशमा नेपाली सेनाका २० सहित ३३ कोरोना संक्रमित थपिए

गण्डकी प्रदेशमा नेपाली सेनाका २० सहित ३३ कोरोना संक्रमित थपिए

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ १० गते बुधबार ०४:४४

गण्डकी प्रदेशमा नेपाली सेनाका २० सहित ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार बिहान क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरीएको परीक्षणमा थप ३३ जनाको रिपोर्ट पोजिटिभ आएको हो। संक्रमितहरुमध्ये...

गण्डकी प्रदेशमा नेपाली सेनाका २० सहित ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बुधबार बिहान क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरीएको परीक्षणमा थप ३३ जनाको रिपोर्ट पोजिटिभ आएको हो।

संक्रमितहरुमध्ये लमजुङका २३ जना, नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट र कावासोतीका ७ र कास्कीका ५ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए।

संक्रमितहरुमध्ये २० जना नेपाली सेनामा कार्यरात रहेको र १ जना ग्लोवल बैंकमा कार्यरत, एक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी रहेका छन्। त्यस्तै दुई जना भारतबाट र १ जना दुबइबाट आएका व्यक्तिमा पनि संक्रमण भेटिएको छ।

अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९४६ पुगेको छ भने निको हुनेको संख्या १६४३ (निको हुने दर ८४.४७) रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. शर्माले जानकारी दिए।

प्रकाशित मिति २०७७ भदौ १० गते बुधबार ०४:४४
प्रतिक्रिया दिनुहोस