पर्वतमा कोरोनाको नाममा ४ करोड खर्च, संक्रमण नियन्त्रणका लागि होइन भोट सुनुश्चित गर्न

पर्वतमा कोरोनाको नाममा ४ करोड खर्च, संक्रमण नियन्त्रणका लागि होइन भोट सुनुश्चित गर्न

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ ११ गते बिहिबार ०२:३३

पर्वत । कोरोना रोकाथाम तथा नियन्त्रणको लागि पर्वतका सात स्थानीयतहले ७ करोड १० लाख ८ हजार रुपैयाँ खर्च गरेका छन् । सदरमुकाम कुश्मामा आईसोलेसन कोरोना अस्पताल निर्माणदेखी वडा तह सम्मको क्वारेन्टीन निर्माणमा र राहत वितरणमा उक्त...

पर्वत । कोरोना रोकाथाम तथा नियन्त्रणको लागि पर्वतका सात स्थानीयतहले ७ करोड १० लाख ८ हजार रुपैयाँ खर्च गरेका छन् ।
सदरमुकाम कुश्मामा आईसोलेसन कोरोना अस्पताल निर्माणदेखी वडा तह सम्मको क्वारेन्टीन निर्माणमा र राहत वितरणमा उक्त कोष मार्फत रकम खर्च भएको हो । अहिलेसम्म ४ करोड ६४ लाख ७२ हजार ३ सय रुपाँैया खर्च भइसकेको छ । तर भावी रणनीति र कोरोनाको महामारी रोकथामको लागि भावी ठोस योजना छैन ।

कोषमा ३ करोड ९३ लाख ६४ हजार ३ सय रुपौयाँ बाँकी छ । स्थानीयतहले होटल तथा विद्यालयका क्वारेन्टिन व्यवस्थापनमा भईरहेको फजुल खर्च गरेका थिए । राहत वितरण आफू खुसी गरेका कारण पनि जिल्लामा कोरोना नियन्त्रण तथा रोकथामको लागि भन्दा पनि आगामी निर्वाचनको लागि भोट सुरक्षित राख्न तर्फ जनप्रतिनिधि लाग्दा भोलीका दिनमा कोरोना महामारी फैलिए ठूलो संकट आइपर्ने देखिएको छ ।

कुल जनसंख्या १ लाख ४६ हजार मध्ये अहिले सम्म भारतसहित त्रेसो मुलुकबाट आएका १४ सय २१ जनाको पिसिआरको माध्यबाट परिक्षण गरिएको छ । जस्मा ३ सय ५ जना स्थानीय समेटिएका छन । अहीले सम्म ७ सय ९२ जनाको आरडिटि विधिबाट परिक्षण गरिएको जिल्ला अस्पताल पर्वतले जनाएको छ ।

 

 

प्रकाशित मिति २०७७ भदौ ११ गते बिहिबार ०२:३३
प्रतिक्रिया दिनुहोस