युवासंघ पर्वतका अध्यक्ष पौडेललाई गरिबसंग बिश्वेश्वोर कार्यक्रम संयोजक तोक्न पत्र

युवासंघ पर्वतका अध्यक्ष पौडेललाई गरिबसंग बिश्वेश्वोर कार्यक्रम संयोजक तोक्न पत्र

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ १२ गते शुक्रबार ०९:४४

  पर्वत । सरकारले गरिबी निवारणको लागि ७७ जिल्लामा संचालन गर्न लागेको गरिबी निवारण का लागि गरिबसंग बिश्वेश्वोर कार्यक्रम संचालन अभियानको संयोजकमा युवासंघ पर्वतका अध्यक्ष थमनारायाण पौडेललाई चयन गर्न नेकपा पर्वतले सिफारिस गरेको...

 

पर्वत । सरकारले गरिबी निवारणको लागि ७७ जिल्लामा संचालन गर्न लागेको गरिबी निवारण का लागि गरिबसंग बिश्वेश्वोर कार्यक्रम संचालन अभियानको संयोजकमा युवासंघ पर्वतका अध्यक्ष थमनारायाण पौडेललाई चयन गर्न नेकपा पर्वतले सिफारिस गरेको छ । ७७ जिल्लामै यो अभियान शुरु हुने भएपछि पर्वत जिल्लाको संयोजक तोक्नको लागि नेकपाले पौडेललाई भूमी व्यवस्था तथा सहकारी, गरिबी निवारण मन्त्रालयलाई पत्रकार गर्ने निर्णय गरेको हो ।

नेकपा पर्वतका अध्यक्ष एवं प्रतिनिधिसभाका सांसद पदम गिरीले उनलाई संयोजक तोक्न मन्त्रालयलाई पत्र पठाएका हुन् । पौडेल सांसद पदम गिरी निकट मानिन्छ । केपी ओलीमा रहेकै कारण उनीभन्दा अन्य योग्यलाई छोडेर पौडेललाई चयन गरिएको भन्दै नेकपा पर्वतमा असन्तुष्टि देखिएको छ ।

गरिबी निवारण अभियानलाई सफल बनाउनको लागि गरिब, मजदुरहरुको बारेमा बुझेको जानेको तथा मजदुर नेताहरुलाई नै संयोजक बनाउनु पर्ने भन्दै माग उठेको छ तर सांसद गिरीले पौडेललाई सिफारिस गरेका हुन् ।

प्रकाशित मिति २०७७ भदौ १२ गते शुक्रबार ०९:४४
प्रतिक्रिया दिनुहोस