लमजुङमा १२ प्रहरी र १ थुनुवासहित गण्डकीमा २० कोरोना संक्रमित थपिए

लमजुङमा १२ प्रहरी र १ थुनुवासहित गण्डकीमा २० कोरोना संक्रमित थपिए

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ १२ गते शुक्रबार ०१:४९

गण्डकी प्रदेशमा शुक्रबार साँझ थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा लमजुङका १६ र नवलपरासी (सुस्तापूर्व) का ४ गरी २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। गण्डकी प्रदेश स्वास्थ्य...

गण्डकी प्रदेशमा शुक्रबार साँझ थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा लमजुङका १६ र नवलपरासी (सुस्तापूर्व) का ४ गरी २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार संक्रमितमा लमजुङको बेशीसहरमा कार्यरत १२ जना नेपाल प्रहरी र १ जना थुनुवा रहेका छन्।

त्यस्तै त्यस्तै एक महिला लमजुङ जिल्ला सामुदायिक अस्पताल, बेसीसहरमा कार्यरत रहेको र नवलपुर देवचुली–१ संक्रमित महिला पनि स्वास्थ्यकर्मी रहेको निर्देशक शर्माले जानकारी दिए। संक्रमित सबैलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ५६ पुगेको छ।

https://scontent.fktm8-1.fna.fbcdn.net/v/t1.0-9/

प्रकाशित मिति २०७७ भदौ १२ गते शुक्रबार ०१:४९
प्रतिक्रिया दिनुहोस