विश्वका पौने दुई करोडले कोरोनालाई जिते, पछिल्लो समय सबैभन्दा बढी भारत आक्रान्त

विश्वका पौने दुई करोडले कोरोनालाई जिते, पछिल्लो समय सबैभन्दा बढी भारत आक्रान्त

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ १३ गते शनिवार ०३:३०

विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेभन्दा निको हुनेको संख्या कयौँ गुणा बढी छ। शनिबार बिहानसम्मको तथ्यांकअनुसार विश्वभर अहिलेसम्म आठ लाख ४० हजार ६ सय ६० जनाले ज्यान गुमाएका छन्। संक्रमित दुई करोड ४८ लाख ९८ हजार सात सय तीनमध्ये...

विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेभन्दा निको हुनेको संख्या कयौँ गुणा बढी छ।

शनिबार बिहानसम्मको तथ्यांकअनुसार विश्वभर अहिलेसम्म आठ लाख ४० हजार ६ सय ६० जनाले ज्यान गुमाएका छन्।

संक्रमित दुई करोड ४८ लाख ९८ हजार सात सय तीनमध्ये अहिलेसम्म एक करोड ७२ लाख ८८ हजार आठ सय ७६ जना निको भएका वर्ल्डओमिटरमा उल्लेख छ।

विश्वभर अहिले सक्रिय संक्रमितको संख्या ६७ लाख ६९ हजार एक सय ७६ छ। जसमा गम्भीर अवस्थाका संक्रमितको संख्या ६१ हजार दुई सय ३९ मात्रै छ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट विश्वभर पाँच हजार ६ सय ९४ जनाले ज्यान गुमाएका छन्। यस अवधिमा विश्वभर थप दुई लाख ८४ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा संक्रमणको कारण सबैभन्दा धेरै अमेरिकामा ११ सय भन्दा धेरैले ज्यान गुमाएका छन्।

त्यसैगरी भारतमा एक हजार १९, ब्राजिलमा आठ सय ६८, मेक्सिकोमा पाँच सय १८, अर्जेन्टिनामा दुई सय २१, पेरुपमा एक सय ९४, इरानमा एक सय १२, दक्षिण अफ्रिकामा एक सय १५, रुसमा एक सय १०, इन्डोनेसियामा एक सय पाँच जनाले ज्यान गुमाएका छन्।

पछिल्लो २४ घण्टामा विश्वमा सबैभन्दा धेरै संक्रमण भारतमा देखिएको छ। भारतमा ७६ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने अमेरिकामा ४९ हजार र ब्राजिलमा ४८ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ।

भारतमा अहिलेसम्म संक्रमितको संख्या ३४ लाख ६१ हजार नाघेको छ भने ६२ हजार सात सय १३ जनाले कोरोनाको कारण ज्यान गुमाइसकेका छन्।

प्रकाशित मिति २०७७ भदौ १३ गते शनिवार ०३:३०
प्रतिक्रिया दिनुहोस