पछिल्लो २४ घन्टामा देशभर गरिएका परीक्षणमा थप १२ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो अवधिमा १२ हजार सात सय १७ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो थपसमेत देशभर हालसम्म संक्रमित हुनेको संख्या ३८ हजार पाँच सय ६१ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले विगत २४ घन्टामा दुई सय ६७ जना संक्रमणमुक्त भई डिस्चार्ज भएको जानकारी दिए ।
आजसम्म संक्रमणमुक्त भई डिस्चार्ज हुनेको संख्या २० हजार आठ सय २२ पुगेको छ ।
संक्रमण निको हुने दर ५४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
हाल सक्रिय संक्रमित भने १७ हजार पाँच सय १८ जना छन् ।
संक्रमितमध्ये १० हजार ६ सय १२ जना संस्थागत र ६ हजार नौ सय ६ जना होम आइसोलेसनमा छन् ।
संक्रमितमध्ये एक सय ४४ जना आइसियू र १७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति २०७७ भदौ १४ गते आईतबार ०१:०५