डोटी केन्द्रविन्दु भएर भूकम्पको धक्का

डोटी केन्द्रविन्दु भएर भूकम्पको धक्का

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ १६ गते मङ्गलबार ०१:१९

डाेटी जिल्लाको केआइसिंह गाउँपालिका-१ तिखातर केन्द्रविन्दु भएर भूकम्प गएको छ। भूकम्प मापन केन्द्र सुर्खेतले दिएको जानकारी अनुसार आज दिउँसो १ बजेर ६ मिनेटमा तिखातर केन्द्र विन्दु बनाएर ३.८ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पले...

डाेटी जिल्लाको केआइसिंह गाउँपालिका-१ तिखातर केन्द्रविन्दु भएर भूकम्प गएको छ।

भूकम्प मापन केन्द्र सुर्खेतले दिएको जानकारी अनुसार आज दिउँसो १ बजेर ६ मिनेटमा तिखातर केन्द्र विन्दु बनाएर ३.८ रेक्टर स्केलको भूकम्प गएको हो।

भूकम्पले डोटीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा धक्का महशुस गराएको बताइएको छ।

सुदूरपश्चिम प्रदेशमा डोटी केन्द्रविन्दु भएर पहिलो पटक भूकम्प गएको हो। भूकम्पका कारण अहिलेसम्म कुनै पनि ठाउँमा क्षति भएको खबर प्राप्त नभएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ।

 

https://dhaulagirimedia.com/news/6315

प्रकाशित मिति २०७७ भदौ १६ गते मङ्गलबार ०१:१९
प्रतिक्रिया दिनुहोस