सेक्युरिटी प्रेस खरिद प्रकरण : छानबिनमा सघाउन मिश्र तयार

सेक्युरिटी प्रेस खरिद प्रकरण : छानबिनमा सघाउन मिश्र तयार

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ १७ गते बुधबार ०२:४५

काठमाडौँ — सेक्युरिटी प्रेस खरिद प्रकरणमा जोडिएका विजयप्रकाश मिश्रले आफूले अख्तियारलाई सहयोग गर्ने बताएका छन् । पूर्वमन्त्री गोकुल बाँस्कोटाको अडियो टेप रेकर्ड गरेका मिश्रले आफू अख्तियारको दायराबाट नभागेको भन्दै थप प्रमाण...

काठमाडौँ — सेक्युरिटी प्रेस खरिद प्रकरणमा जोडिएका विजयप्रकाश मिश्रले आफूले अख्तियारलाई सहयोग गर्ने बताएका छन् । पूर्वमन्त्री गोकुल बाँस्कोटाको अडियो टेप रेकर्ड गरेका मिश्रले आफू अख्तियारको दायराबाट नभागेको भन्दै थप प्रमाण आयोगमा उपलब्ध गराउने बताएका हुन् ।

मिश्रले विज्ञप्तिमार्फत भनेका छन्, ‘राजनीतिक आवरणमा भएको सेक्युरिटी प्रेस खरिद प्रकरणको छानबिनका लागि सहयोग गर्छु ।’ अख्तियारले आवश्यक सहयोगका लागि भनी आफूलाई पत्र पठाएको तर काम विशेषले जापान आएको मिश्रले बताए ।

अख्तियारले पत्रमार्फत आफूलाई बाँस्कोटाको अडियो रेकर्ड गर्दाको रेकर्डिङ डिभाइस बुझाउन भनेको थियो । उक्त डिभाइस जापानबाट लिएर फर्कने मिश्रले बताए । अख्तियारको अनुसन्धान अधिकृत र आफूबीच नियमित कुराकानी भइरहेको भन्दै उनले भ्रष्टाचारबाट कोही पनि उम्किन नहुने बताए । संसद्मा प्रतिपक्षीले समेत आफूमाथि आक्रमण गरेको भन्दै मिश्रले यो प्रकरणमा आफूले सत्य बाहिर ल्याउने उनको भनाइ थियो ।

बाँस्कोटालाई ‘उन्मुक्ति दिँदै’ अख्तियार

मिश्रले सार्वजनिक गरेको अडियो टेपमा तत्कालीन सञ्चारमन्त्री बाँस्कोटाले ७० करोड रुपैयाँ कमिसन सुनिश्चित गर्न खोजेका थिए । प्रिन्टिङ मेसिनको लागत एक अर्ब रुपैयाँ बढाउन उनले आग्रह गरेका थिए । अडियो टेप सार्वजनिक भएपछि बाँस्कोटाले पदबाट राजीनामा गरेका थिए ।आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रकाशित मिति २०७७ भदौ १७ गते बुधबार ०२:४५
प्रतिक्रिया दिनुहोस