पसाउन लागेको धानमा ‘गबारो’ र ‘राते’

पसाउन लागेको धानमा ‘गबारो’ र ‘राते’

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ १८ गते बिहिबार ०७:५२

बाला लाग्ने बेलाको धानमा रोग लागेपछि पूर्वी नवलपरासीका किसान चिन्तित भएका छन् । यसपालि मल तथा कीटनाशक औषधिबिनै रोपाइँ गरेका उनीहरू धानमा ‘गबारो’ तथा ‘राते’ रोगको सामना गरिरहेका छन् । कावासोती–१७ की देवी शर्माको १० कट्ठा क्षेत्रफलमा...

बाला लाग्ने बेलाको धानमा रोग लागेपछि पूर्वी नवलपरासीका किसान चिन्तित भएका छन् । यसपालि मल तथा कीटनाशक औषधिबिनै रोपाइँ गरेका उनीहरू धानमा ‘गबारो’ तथा ‘राते’ रोगको सामना गरिरहेका छन् ।

कावासोती–१७ की देवी शर्माको १० कट्ठा क्षेत्रफलमा लगाएको बालीमध्ये करिब ४ कट्ठामा गबारो लागेर धानको बिरुवा नै मर्न लागेको छ । ‘लकडाउनको समयमा न रासायानिक मल पाइयो, न त उन्नत जातको बीउ । अहिले आएर धानमा गबारो लागेर नष्ट भएको छ,’ उनले भनिन्, ‘लकडाउनमा रोजगारी गुमेर सबै परिवार घरमै छन् । यही खेतीले जीविका चलाउने आशा थियो । अब के गर्ने ?’ कावासोती, गैंडाकोट, मध्यविन्दु, देवचुलीका किसान पनि यस्तै समस्या भोगिरहेका छन् ।

रोग लागेर बोट नसप्रने, पात रातो हुने तथा बोट मर्ने गरेको किसानहरूको गुनासो छ । उनीहरूले स्थानीय तहले क्षतिको विवरण संकलन गरेर राहत दिनुपर्ने माग गरेका छन् ।

कृषि ज्ञान केन्द्र सम्पर्क एकाइ कार्यालय कावासोतीकी प्रमुख मीरा चौधरीले जिल्लामा करिब ७ सय हेक्टर क्षेत्रफलमा गबारो तथा राते रोगले धान बालीमा क्षति पुर्‍याएको बताइन् । ‘मौखिक रूपमा जानकारी आएको छ,’ उनले भनिन्, ‘किसानलाई टेलिफोनमार्फत समस्या समाधानबारे परामर्श दिइएको छ ।

प्रकाशित मिति २०७७ भदौ १८ गते बिहिबार ०७:५२
प्रतिक्रिया दिनुहोस
लोप हुँदै मोदीका असला

लोप हुँदै मोदीका असला
२०८१ चैत २० गते बिहिबार ०५:३३

ढुसीको संक्रमणले पर्वतमा धानबाली नष्ट

ढुसीको संक्रमणले पर्वतमा धानबाली नष्ट
२०८१ साउन २२ गते मङ्गलबार ०६:२६

कृषक सुचिकरणको  लागि गणक आउने बारेको सूचना

कृषक सुचिकरणको लागि गणक आउने बारेको सूचना
२०७९ असार १२ गते आईतबार ०६:२७