महाशिला गाउँपालिकामा नेकपाको जनपरिचालन अभियान, घरघरमा पुगेर गुनासो सुन्दै नेता र जनप्रतिनिधी

महाशिला गाउँपालिकामा नेकपाको जनपरिचालन अभियान, घरघरमा पुगेर गुनासो सुन्दै नेता र जनप्रतिनिधी

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ २३ गते मङ्गलबार ०२:१६

पर्वतको महाशिला गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले जनपरिचालन अभियान शुरु गरेको छ । महाशिला गाउँपालिका कमिटीको आयोजनामा तीन वटा समुह बनाएर पालिकाका हरेक घरमा पुग्ने गरि अभियान शुरु गरिएको हो । अभियानका क्रममा स्थानिय...

पर्वतको महाशिला गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले जनपरिचालन अभियान शुरु गरेको छ ।
महाशिला गाउँपालिका कमिटीको आयोजनामा तीन वटा समुह बनाएर पालिकाका हरेक घरमा पुग्ने गरि अभियान शुरु गरिएको हो । अभियानका क्रममा स्थानिय सरकारका काम तथा पार्टी प्रतिका जनगुनासो र स्थानिय सरकारले गर्न सक्ने कामका बारेमा सुझाब लिने गरि नेता कार्यकर्ताहरु घरघर पुगिरहेका छन्।
महाशिला गाउँपालिकामा नेकपाको नेतृत्वको स्थानिय सरकार छ । नेकपाको बलियो उपस्थिति समेत रहेको महाशिलामा संघ, प्रदेश र स्थानिय सरकारले सञ्चालन गरेका बिकास योजना, जनसरोकारका सवालहरु र पार्टी नेतृत्वका बारेमा सुझाब संकलन गर्नका लागि अभियान चलाइएको नेकपाका जिल्ला सचिबालय सदस्य तथा महाशिला गाउँपालिका वडा नं १ का अध्यक्ष इश्वरीप्रसाद भुसालले जानकारी दिनुभयो ।
जिल्ला समन्वय समितिका सदस्य तथा जिल्ला सचिबालय सदस्य बिष्णुराम बिकको नेतृत्वमा वडा नं ४ पाखापानी वडा नं २ भोक्सिङ्गमा अभियान चलेको छ भने जिल्ला सचिबालय सदस्य तथा वडा नं ५ का अध्यक्ष जीवन उच्चै ठकुरीको नेतृत्वमा वडा नं १ होस्राङ्गदी र वडा नं ३ बालाकोटमा अभियान सञ्चालन भएको छ । यस्तै जिल्ला सचिबालय सदस्य तथा वडा नं १ का अध्यक्ष इश्वरी भुसालको नेतृत्वमा वडा नं ५ लुंखु देउराली र वडा नं ६ फलामखानीमा अभियान सञ्चालन भैरहेको छ ।
जनप्रतिनिधी रहेका वडा अध्यक्षहरुलाई फरक वडामा खटाएपछि वडा अध्यक्ष तथा स्थानिय तहका जनप्रतिनिधीका गुनासा पनि आउने, पार्टीका कार्यकर्ता तथा जनप्रतिनिधीका बिचमा भएका अन्तरबिरोध समेत हल गर्न सकिने र जनताको तल्लो तहका गुनासा तथा योजनाहरुलाई संकलन गर्न अभियानले सहयोग पु¥याएको नेकपाका नेता तथा महाशिला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले बताउनुभयो । ‘हरेक जनताका घरमा जनप्रतिनिधी र पार्टीका कार्यकर्ता पुग्ने बृहत अभियान हो।’ उहाँले भन्नुभयो ‘सामाजिक दुरी कायम गरेर सानो समुहमा घरदैलो भैरहेको छ, यसले पछिल्लो समय राजनितीमा देखिएको बितृष्णालाई चिरेर उत्साह भर्ने काम गरेको छ।’ यो अभियानमा पार्टीका जिल्ला र माथिल्ला कमिटीका नेताहरुलाई सहभागी बनाइएको छैन । पालिकामा रहेका जिल्ला सचिबालय सदस्यहरुले नेतृत्व गरेका छन । जिल्लाबाट नेताहरु बोलाउँदा भन्दा आफ्नै इलाकामा नेताहरु परिचालन गर्दा सहज हुने अनुमान गरेर यस्तो अभ्यास गरिएको बताइएको छ ।
नेकपा महाशिलाले अभियान सञ्चालन गर्ने क्रममा आफ्ना कार्यकर्तालाई सदस्यता बितरण गरिहेको छ भने बिपक्षी दलका कार्यकर्ताहरुलाई समेत पाटी प्रबेश गराएको छ ।
केही दिन पहिले लुंखुमा आयोजित कार्यक्रममा ५० जना भन्दा बढी कांग्रेसका कार्यकर्ता नेकपामा प्रबेश गराएको छ । पार्टीका समर्थक र अन्य पार्टीका समर्थकहरु समेत लाई सदस्यता बितरण गर्ने लक्ष्य राखिएको नेकपाले जनाएको छ ।
अभियान चलिरहेका बेला नेपाली कांग्रेसले भने बिरोध गरेको छ । हरेक घरमा पुगेर जनतालाई पालिकाको सेवा सुबिधा लिन नेकपा हुनुपर्छ भनेर जर्बजस्त पार्टी सदस्यता भिराएको आरोप समेत लगाएको छ ।

प्रकाशित मिति २०७७ भदौ २३ गते मङ्गलबार ०२:१६
प्रतिक्रिया दिनुहोस