ठिमीमा तीन जनाको परिवार नै घरभित्र मृत अवस्थामा फेला परेको छ।
किराना पसल गर्ने उनीहरुको शव शुक्रबार साँझ घरभित्र फेला पारेको भक्तपुरकी प्रहरी प्रमुख एसपी तारादेवी थापाले नेपालखबरलाई जानकारी दिइन् ।
सुदीप अधिकारी, उनकी श्रीमती सुशीला र छोरा सुशान्तको शव घरभित्रै फेला परेका हो।
एसपी थापाका अनुसार जिल्ला प्रहरी कार्यालय भक्तपुर, केन्द्रीय अनुसन्धान व्युरो र अपराध महाशाखाको प्रहरी टोली घटनास्थलमा पुगेको छ। घटनाको अनुसन्धान भइरहेको हत्या वा आत्महत्या भन्ने खुलिनसकेको एसपी थापाले बताइन्।
प्रकाशित मिति २०७७ भदौ २७ गते शनिवार ०१:२५