सिन्धुपाल्चोक पहिरो अपडेट : ९ घर पुरिए, २५ जना बेपत्ता

सिन्धुपाल्चोक पहिरो अपडेट : ९ घर पुरिए, २५ जना बेपत्ता

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ २८ गते आईतबार ०२:२४

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर ७, भीरखर्क नाकुचेमा आज (आइतबार) बिहान पहिरो जाँदा ९ घर पुरिएका छन् भने २५ जना बेपत्ता भएका छन्। नगरपालिकाका प्रमुख निमफुन्जे शेर्पाले भर्खरै भने, ‘पहिरोले ९ घर पुरिएको र २५ जना बेपत्ता...

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर ७, भीरखर्क नाकुचेमा आज (आइतबार) बिहान पहिरो जाँदा ९ घर पुरिएका छन् भने २५ जना बेपत्ता भएका छन्।

नगरपालिकाका प्रमुख निमफुन्जे शेर्पाले भर्खरै भने, ‘पहिरोले ९ घर पुरिएको र २५ जना बेपत्ता भएको खबर आएको छ, हामी घटनास्थलतर्फ जाँदै छौं।’

घटनाको विस्तृत विवरण थाहा पाउन बाँकी रहेको मेयर शेर्पाले बताए।

प्रकाशित मिति २०७७ भदौ २८ गते आईतबार ०२:२४
प्रतिक्रिया दिनुहोस