लागुपदार्थमा संलग्न १५ बलिउडकर्मीको नाम खुलाइन् रियाले

लागुपदार्थमा संलग्न १५ बलिउडकर्मीको नाम खुलाइन् रियाले

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ २८ गते आईतबार ०४:१५

सुशान्त सिंह राजपुतको आत्महत्याको विषयले एकपछि अर्को मोड लिँदै जाँदा हाल सुशान्तकी प्रेमिका रिया चक्रवर्ती जेलमा छिन्। लागुपदार्थको विषय अनुसन्धान गर्न उनलाई नार्कोटिक्स कन्ट्रोल ब्युरोले गिरफ्तार गरेको छ। अनुसन्धानको...

सुशान्त सिंह राजपुतको आत्महत्याको विषयले एकपछि अर्को मोड लिँदै जाँदा हाल सुशान्तकी प्रेमिका रिया चक्रवर्ती जेलमा छिन्।

लागुपदार्थको विषय अनुसन्धान गर्न उनलाई नार्कोटिक्स कन्ट्रोल ब्युरोले गिरफ्तार गरेको छ।

अनुसन्धानको क्रममा उनले लागुपदार्थमा संलग्न १५ बलिउडकर्मीको नाम खुलाएको हिन्दुस्तान टाइम्सले शनिबार जनाएको छ।

ती बलिउडकर्मीहरु लागुपदार्थ सेवानकर्ता र खरिद विक्रिगर्नेहरु भएको बताइएपनि उनीहरुको नाम ब्युरोले बाहिर सार्वजनिक गरेको छैन।

अनुसन्धानको क्रममा रियाकी भाई स्वविक चक्रवर्ती र दिपेस सावन्तले कुरिएर सेवामार्फत सुशान्तको घरदेखि रियाको घरसम्म लागुपदार्थ ओसारपसार गरको पाइएको छ।

शुक्रबार मात्र रिया चक्रवर्तीले जमानतमा छाड्न गरेको आग्रह अदालतले अस्वीकार गरेको थियो।

हाल सुशान्त सिंह राजपुतको आत्महत्याको विषयमा भारतका तीन मुख्य अनुसन्धान एजेन्सीले अनुसन्धान गरिहेका छन्।

पैसाको लेनदेनको विषयमा इन्फोर्समेन्ट डिरेक्टोरेटले अनुसन्धान गरिरहेको छ भने मृत्युको कारणको विषयमा सीबीआई तथा लागुऔषधको विषयमा एनसीबीले अध्ययन गरिरहेको छ।

प्रकाशित मिति २०७७ भदौ २८ गते आईतबार ०४:१५
प्रतिक्रिया दिनुहोस