कुस्ती खेलाडीलाई इरानमा दिइयो फाँसी, अमेरिकाले भन्योः क्रुर सरकार|

कुस्ती खेलाडीलाई इरानमा दिइयो फाँसी, अमेरिकाले भन्योः क्रुर सरकार|

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ २८ गते आईतबार ०७:३६

हत्या अभियोग लागेका एक कुस्ती खेलाडीलाई इरानमा मृत्युदण्ड दिइएको छ। २७ वर्षका कुस्ती खेलाडी नविद अफकारीलाई सन् २०१८ को घटनामा दोषी करार गर्दै मृत्युदण्ड दिइएको जनाइएको छ। सन् २०१८ मा सरकारविरुद्धको प्रदर्शनका क्रममा एक सुरक्षाकर्मीको...

हत्या अभियोग लागेका एक कुस्ती खेलाडीलाई इरानमा मृत्युदण्ड दिइएको छ।

२७ वर्षका कुस्ती खेलाडी नविद अफकारीलाई सन् २०१८ को घटनामा दोषी करार गर्दै मृत्युदण्ड दिइएको जनाइएको छ।

सन् २०१८ मा सरकारविरुद्धको प्रदर्शनका क्रममा एक सुरक्षाकर्मीको हत्या भएको थियो। सो हत्या नविदले गरेको इरानी अधिकारीहरुको भनाइ छ।

यद्यपी नविदले भने आफूमाथि जबर्जस्ती हत्या आरोप स्वीकार गर्न लगाइएको बताउँदै आएका थिए।

मानवअधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलले नविदलाई फाँसी दिएर अन्याय गरेको बताएको छ।

यस संस्थासँग नविदको एक रेकर्डिङ भएको बताइएको छ। जहाँ उनले भनेका छन्,‘यदी मलाई फाँसी दिइयो भने म तपाइँहरुलाई यो भन्न चाहन्छु कि एक निर्दोष व्यक्तिलाई फाँसी दिइएको छ।’

इरानको सरकारी संचारमाध्यमले नविदलाई मृत्युदण्ड दिइएको पुष्टि गरिसकेको छ। नविदका वकिलका अनुसार मृत्युदण्ड दिन अगाडि परिवारलाई नविद भेट्न दिइएन।

Today we stand with the family of Navid Afkari, and all Iranians, in mourning his death at the hands of this brutal and merciless regime. His life, and his death, will not be forgotten.
— Secretary Pompeo (@SecPompeo) September 12, 2020

वर्ल्ड प्लेयर एसोसिएसनका ८५ हजार खेलाडीले यस सजायविरुद्ध आवज उठाएका थिए। एसोसिएनसले नविदलाई फाँसी दिइए इरानलाई खेलकुदको दुनियाँबाट बाहिर निकाल्ने पनि चेतावनी दिएको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि नविदलाई माफी दिन भनेका थिए। उनले ती खेलाडीले मात्र प्रदर्शनमा भाग लिएको बताएका थिए।

विश्वभरबाट नविदलाई माफी दिनुपर्ने आवज उठिरहँदा इरानले फाँसी दिएको हो।

यसबीचमा अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले भनेका छन्,‘एक क्रुर सरकारको हातबाट नविदको मृत्यु भएको छ। हामी उनका परिवार र सबै इरानी जनताको साथमा छौं।’

प्रकाशित मिति २०७७ भदौ २८ गते आईतबार ०७:३६
प्रतिक्रिया दिनुहोस