किम जोङका पाँच आलोचकलाई गोली हानेर मारियो

किम जोङका पाँच आलोचकलाई गोली हानेर मारियो

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ २९ गते सोमबार ०९:२६

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनका पाँच आलोचकलाई गोली हानेर मारिएको छ। गत जुलाई ३० मा उत्तर कोरियाको अर्थमन्त्रालयका पाँच कर्मचारीलाई किमको आदेशमा गोली हानी मारिएको डेलीएनकेले जनाएको छ। जुलाईमा भएको एक डिनर पार्टीमा...

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनका पाँच आलोचकलाई गोली हानेर मारिएको छ।

गत जुलाई ३० मा उत्तर कोरियाको अर्थमन्त्रालयका पाँच कर्मचारीलाई किमको आदेशमा गोली हानी मारिएको डेलीएनकेले जनाएको छ।

जुलाईमा भएको एक डिनर पार्टीमा ती कर्मचारीहरुले किमको अर्थ नीतिको आलोचना गरेको बताइएको छ। सोही विषयमा विवाद हुँदा उनीहरुलाई किमले मृत्यदण्ड दिन आदेश दिएका थिए।

हालैका दिनमा किमको स्वास्थ्य अवस्थाको बारेमा विभिन्न टिप्पणी पनि भइरहेका छन्। किम गम्भीर बिरामी भएको र उनको मृत्यु नै भएको हल्ला पनि चलेको थियो।

यसबीचमा हालै किमले बाढी प्रभावित क्षेत्रको भ्रमण गरेको तस्बिरहरु सार्वजनिक भएका छन्।

उत्तर कोरियाका संचारमाध्यमका अनुसार किमले बाढीबाट प्रभावित व्यक्तिहरुलाई राहत प्रदान गर्ने बताएका छन्।

पछिल्लो समय उत्तर कोरियाका भिषण बाढी र पहिरोले गर्दा ९ सयभन्दा बढी घर बगाएको छ।

यस्तै उत्तर कोरियामा हालसम्म कुनै व्यक्तिमा कोरोना संक्रमण नभएको पनि उत्तर कोरियाले दाबी गरेको छ। एजेन्सी

प्रकाशित मिति २०७७ भदौ २९ गते सोमबार ०९:२६
प्रतिक्रिया दिनुहोस