मोदी गाउँपालिकाको ‘हेल्लो मोदी सरकार’ कल सेवा शुरु

मोदी गाउँपालिकाको ‘हेल्लो मोदी सरकार’ कल सेवा शुरु

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ २९ गते सोमबार ११:५४

जनताका गुनासो सुन्न पर्वतको मोदी गाउँपालिकाले स्थानीय तहहरुमा नेपालमै पहिलोपटक ‘हेलो मोदी गाउँपालिका’ कल सेवा शुरु गरेको छ । मोदी गाउँपालिकाको कार्यालयमा कार्यारत कर्मचारी, जनप्रतिनिधि, सेवा प्रवाह तथा विकास निर्माणको सम्बन्धमा...

जनताका गुनासो सुन्न पर्वतको मोदी गाउँपालिकाले स्थानीय तहहरुमा नेपालमै पहिलोपटक ‘हेलो मोदी गाउँपालिका’ कल सेवा शुरु गरेको छ ।

मोदी गाउँपालिकाको कार्यालयमा कार्यारत कर्मचारी, जनप्रतिनिधि, सेवा प्रवाह तथा विकास निर्माणको सम्बन्धमा स्वदेश एवं विदेशमा रहनुभएका मोदी गाउँपालिका बासिन्दाहरुको गुनासो र सुझाब लिनका लागि उक्त कल सेण्टर संचालन गरिएको हो । यस अघि संघीय सरकार र प्रदेश सरकारले कल सेन्टर संचालन गरेको भएपनि स्थानीय तहमा यो पहिलो अभ्यास हो ।

कल सेण्टरमा प्राप्त हुने विभिन्न किसिमका जन गुनासो र सुझावहरुको उचित सुनुवाइ गर्न तथा गाउँपालिकाबाट हुने नितिगत निणर्य, कार्य सन्चालन स्थितिको सम्बन्धमा जानकारी लिई सेवा प्रवाहलाई पारदर्शी, उत्तरदायी एवं गुणस्तरीय बनाउनका लागि हेलो मोदी गाउँपालिका कल सेवा को स्थापना गरिएको प्रमुख प्रशासकिय अधिकृत किसान क्षेत्रीले जानकारी दिनुभयो ।

मोदी गाउँपालिकावाट कुनै जानकारी लिन चाहेमा वा सुझाव र गुनासो गर्न चाहेमा नागरिकहरुले विभिन्न माध्यपमको प्रयोग गर्न सक्ने भएका छन् । नागरिकहरुले कार्यालयमा रहेको गुनासो पेटिकामा लिखित रुपमा गुनासो पेश गर्न सक्नेछन् भने ‘हेलो मोदी’ गाउँपालिकाको सम्पर्क नम्बर ९८५७६६६२११ मा एसएमएस ९म्यासेज० गरेर पनि जानकारी लिन सक्ने भएका छन् ।

त्यसैगरी हेलो मोदी गाउँपालिकाको इमेल ठेगाना जभिियmयमष्चm२नmबष्।िअयm मा पनि आवश्यक सुझाव, सल्लाह, प्रतिकृया र जानकारी लिन दिन सकिने भएको छ । मोदी गाउँपालिकाको अफिसियल फेसबुक पेज mयमष्।उबचदबत मा रहेको सेन्ड बटनमा क्लिक गरेर पनि इमेल मार्फत सल्लाह, सुझाव एवं जनगुनासो पठाउन सकिने प्रमुख प्रशासकिय अधिकृत क्षेत्रीले जानकारी दिनुभयो ।

इमेल एवं लिखित माध्यमबाट गुनासो पठाउँदा नागरिकहरुले आफ्नो परिचय खुलाएर पठाउन समेत पालिकाले आग्रह गरेको छ । हेलो मोदी गाउँपालिकामा आएका जनगुनासोहरुको सुनुवाई गाउँपालिकाले प्रकृति यथासक्य छिटो गर्ने व्यवस्था मिलाउने क्षेत्रीले बताउनुभयो ।

गाउँपालिकाले हरेक पन्ध्र दिनको विहिवार पुर्व जानकारी गराई मोदी गाउँपालिकाको आधिकारीक फेसबुक पेजमार्फत ३० मिनेटको फेसवुक लाईभमार्फत जनगुनासो एवं सल्लाह सुझावको उचित सुनुवाई गर्ने जनाएको छ । फेसबुक लाईभमा गाउँपालिकाका आधिकारिक एवं जिम्मेवार व्यक्तिहरुको उपस्थिति गराईने भएको छ ।

सेवाप्रबाहलाई प्रभाभकारी, गुणस्तरीय र कर्मचारी एवं जनप्रतनिधिलिाई उत्तरदायी बनाउन यो सेवा शुरु गरिएको मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले बताउनुभयो ।

प्रकाशित मिति २०७७ भदौ २९ गते सोमबार ११:५४
प्रतिक्रिया दिनुहोस