असोज १, पर्वत । नेपाली काँग्रेस पर्वतले बर्षात पछि आएको पहिरो र बाढिबाट प्रभावितहरुको घर दैलोमा पुगेर अनुगमन गरेको छ । भदौ २९ गते फलेवास नगरपालिकाको विभिन्न वडामा आएको अबिरल बर्षाले जोखिमयुक्त घर तथा बस्तीको नेपाली काँग्रेसका...
असोज १, पर्वत । नेपाली काँग्रेस पर्वतले बर्षात पछि आएको पहिरो र बाढिबाट प्रभावितहरुको घर दैलोमा पुगेर अनुगमन गरेको छ । भदौ २९ गते फलेवास नगरपालिकाको विभिन्न वडामा आएको अबिरल बर्षाले जोखिमयुक्त घर तथा बस्तीको नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् पूर्व साँसद अर्जुनप्रसाद जोशीको नेतृत्वमा पुगेको टोलीले बुधवार अनुगमन गरेको हो । मुडिकुवामा खोलो थुनिएर बस्तीमा पस्दा भएको क्षतीको अवस्थाका बारेमा स्थानीय संग सबै अवस्था बुझेर नविन विकका परिवारलाई राहात वितरण र देबिस्थानमा घर भत्किएर समस्यामा परेका नागरिकहरुका समस्या बारेमा अनुगमन गरिएको हो ।
केन्द्रिय सदस्य जोशीले देशमा कोरोना महामारी संगै बाढि पहिरोले ठूलो क्षती भैरहेका बेला सरकार भने दुई अध्यक्षको कुर्ची तानातानमा व्यस्त रहेको आरोप लगाउनुभयो । जनता समस्यामा परिरहँदा नेकपाका दुई अध्यक्षको झगडामा सत्तासिन दल रुमलिरहेको भन्दै जोशीले नेकपा जनताको भन्दा आफ्नै स्वार्थमा भुलिरहेकोमा आक्रोश व्यक्त गर्नुभयो । बाढि पहिरोले पर्वतका विभिन्न गाउँमा पु¥याएको क्षतीबाट प्रताडित बनेका नागरिकलाई राहात र पुर्नस्थापनाको व्यवस्था गर्न उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । ‘ अहिले काँग्रेस सरकारमा भएको भए जनतालाई तत्काल आवश्यक राहात दिन सकिन्थ्यो,’ उहाँले भन्नुभयो,‘ नेकपाका नेता कुर्चि बचाउने झगडामा रुमलिएका छन् । जनता संकटमा परेको उनीहरुले सुन्दैनन ।’ जोशीले पार्टीका नेता कार्यकर्ताबाट संकलन भएको ३० हजार रुपैयाँ नविन विकको परिवारलाई प्रदान गर्नुभयो ।‘ पहिरो जाँदाको दिनमै आउन खोजेको सबै साथीहरु आफ्ना आफ्ना काममा तितर वितर हुनुहुन्थ्यो,’सबै जुटेर जाउँला भन्ने भएर आज आएका हौँ । त्यो दिन स्थानीय स्तरका कार्यकर्ताहरु उद्धारमा खटिनुभयो । जो जो उद्धारमा खट्नुभयो उहाँहरुलाई धन्यवाद पनि भन्न चाहान्छु,’ मुडिकुवामा बाढि पीडितलाई भेटेर जोशीले भन्नुभयो । निरन्तरको वर्षाले देबिस्थानमा दर्जन भन्दा घर भत्किएका छन् । घरवार विहिन परिवारलाई पनि काँग्रेसको टोलीले भेटेको छ । भेटमा नेता जोशीले अहिले घर भत्किएर पालमुनी बसेका नागरिकहरुको अस्थाई घर निर्माण गरिदिने आश्वसन दिनुभयो । जिल्लाका अरु ठाउँमा पनि बाढि पहिरोले समस्या भैरहेको बताउँदै जोशीले नेता कार्यकर्ताहरुलाई राहात र उद्धारमा जुट्न निर्देशन दिनुभएको छ ।
अस्थाई आवास निर्माणको जिम्मा नेपाल तरुण दल फलेवास नगर समितिले लिएको छ । तरुण दलले तत्काल बसोवासका लागि चार वटा अस्थाई आवास निर्माण गरिदिने तरुण दलका अध्यक्ष दिनेश लामिछानेले जानकारी दिए ।
देविस्थानका धेरै जसो घर बर्षाका कारण जोखिममा परेका छन् । कतिपय नागरिकहरु घरवार बिहिन बनेको अवस्था छ अध्यक्ष लामिछानेले भने,‘नागरिकका समस्या र पीडालाई मध्येनजर गदै हामीले तत्काल बसोवास गर्नका लागि अस्थाई आवास निर्माण गरिदिने भएका छौँ,।’
बर्षाका कारण फलेवास नगरपालिका–६ देविस्थानका ५ घर जोखिममा परेका छन् । ख्यामवहादुर क्षेत्री, प्रकाश पौडेल, प्रेमप्रसाद पौडेल, पारश्वर पौडेल, बसन्त श्रेष्ठ लगायतका घर जोखिममा परेका छन् ।
अनुगमनमा जोशि सहित नेपाली काँग्रेसका महासमिति सदस्य एवम् संगठन विभागका केन्द्रिय सदस्य गंगाधर तिवारी, महासमिति सदस्य एवम् सूचना विभागको केन्द्रिय सदस्य राधाकुमारी कुवँर क्षेत्री, जिल्ला सदस्य एवम् निर्माण तथा यातयात विभागका केन्द्रिय सदस्य शिव सुवेदी,नका महाधिवेशन तथा पाङराङका वडा अध्यक्ष जितवहादुर सुनार ‘शेरवहादुर’, नेका देविस्थानका सभापति नारायाण प्रसाद श्रेष्ठ, मुडिकुवाका सभापति पुनाखर गौडेल, नेका खानीगाउँका सचिव भिमवहादुर क्षेत्री लम्साल, कर्मचारीका नेता राजेन्द्र वहादुर क्षेत्री, नेपाल शिक्षक संघ फलेवासका सभापति पुर्णकुमार श्रेष्ठ, तरुण दलका अध्यक्ष दिनेश लामिछाने, सहसचिव शिववहादुर क्षेत्री, तिर्थ कुवँर, नेपाल प्रेस युनियन पर्वतका सचिव साजन परियार लगायतको उपस्थित रहेको थियो ।