स्थानीय सरकारको डोजर आतंकले बस्ती नै सखाप हुने खतरा

स्थानीय सरकारको डोजर आतंकले बस्ती नै सखाप हुने खतरा

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज २ गते शुक्रबार ०८:५३

पर्वत । संघीयता लागूभएसँगै स्थानीय सरकारले मनपरी विकासको नाममा डोजर लगाउँदा जिल्लाका अधिकांश स्थानीय तहमा पहिरोको खतरा बढेको छ । विकास भनेको सडक नै हो भन्ने स्थानीय सरकारका प्रमुखहरुको सोच र चिन्ततनका कारण आधिकांश स्थानीय तहमा...

पर्वत । संघीयता लागूभएसँगै स्थानीय सरकारले मनपरी विकासको नाममा डोजर लगाउँदा जिल्लाका अधिकांश स्थानीय तहमा पहिरोको खतरा बढेको छ । विकास भनेको सडक नै हो भन्ने स्थानीय सरकारका प्रमुखहरुको सोच र चिन्ततनका कारण आधिकांश स्थानीय तहमा मनपरी रुपमा सडक विस्तार गरिएको छ ।

भौगोलिक अध्ययन, अनुसन्धान विना नै आआफ्नो घरघरमा बाटो पुर्याउने स्थानीय तहका जनप्रतिनिधिहरुको मोहका कारण बाढी, पहिरोको जोखिम बढेको हो । मोदी गाउँपालिकामा भौगोलिक अध्ययन विना नै सडक खन्दा मोदी २ देउपुरको सालघारी वन वर्षोदेखि पहिरोको जोखिमा छ । भने सुनचापमा रहेको वस्ती जोखिमा रहेका छन् । केही वर्ष अघि त्यहाँ पहिरोले दुई घर पुरेको थियो । हरेक वर्ष पहिरो गइरहेको छ । मोदी ५ बाजुङ जाने सडकखण्ड अन्तरगत असिम्म्रे भन्ने ठाउँमा हरेक वर्ष बाढी र पहिरोका कारण सडक विग्रिन्छ भने खेतीयोग्य जमिन सखाप पारेको छ ।


असिम्म्रेको बाढी र पहिरोका कारण सयौ रोपनी खेतीयोग्य जमिन चिराचिरा परेको छ । कुनै पनि बेला ठूलो पहिरोको रुप लिए पातिचौर बजारमा ठूलो क्षति हुने देखिन्छ र मोदी ५ कै बाउसे लगायतका स्थानमा पहिरोको जोखिम सडककै कारण बढिरेको छ । स्थानीयले सालघारी सामुदायिक बनमा मनपरी डोजर प्रयोग गरेर केही वर्ष पहिले सडक विस्तार गरेको थियो । सडकमा अहिले गाडी गुड्ने होइन वस्तुभाउ समेत हिन्न नमिल्ने गरी खन्डहर बनेको छ ।

कुश्मा नगरपालिकामा पनि पाङ, खुर्कोट, दुर्लुङमा पनि अवस्था त्यस्तै चिन्ताजनक छ । जथाभावी मनपरी रुपमा सडक विस्तार गरेकै कारण कुश्मा नगरपालिका ३ दुर्लुङमा केहि महिना पहिले पहिरोले ९ जनाको ज्यान नै लियो । आजभन्दा २ वर्ष अगाडी पकुवामा पनि सडककै कारण पहिरो जाँदा ३ जनाको मृत्यु भएको थियो ।


अहिले फलेवास नगरपालिकाको मुडिकुवामा केही दिन अगाडी पहिरोले १ वालिकाको ज्यान लियो । घरभन्दा माथि सडक खनिएको र सोही सडकको भेल बाढीसहित पहिरोमा परिणत हुँदा बालिकाको ज्यान गयो ।

यस्तै जलजला, महाशिला, विहादी , पैयूँ गाउँपालिकामा पनि सडककै कारण जोखिम बढेको छ । भिरालो जमिन त्यसमाथि डोजरको आतंकले पहाडी जिल्लाको बस्तीहरु पहिरोको चपेटामा पर्ने खतरा बढेको हो ।

स्थानीय सरकारको डोजर आतंक नरोक्ने हो भने यसले ठूलो जनधनको क्षति हुने देखिन्छ ।

प्रकाशित मिति २०७७ असोज २ गते शुक्रबार ०८:५३
प्रतिक्रिया दिनुहोस