पछिल्लो २४ घण्टामा कुन जिल्लमा कति कोरोना संक्रमित थपिए?

पछिल्लो २४ घण्टामा कुन जिल्लमा कति कोरोना संक्रमित थपिए?

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज ३ गते शनिवार ११:२२

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार काठमाडौँ उपतयकामा ७११ सहित देशभरमा १ हजार २०४ जनामा कोरोना भाइरसको संक्रमण...

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार काठमाडौँ उपतयकामा ७११ सहित देशभरमा १ हजार २०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

शनिबार पनि सबैभन्दा बढी काठमाडौँमा सबैभन्दा बढी ५७० जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै बढी संक्रमित हुने जिल्लाहरुमा बारा १११, भक्तपुर ८३, ललितपुर ५८ र नवलपरासीपूर्व ४५ जना रहेका छन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको संख्या १७ हजार १२९ रहेको छ।

हेरौँ कहाँ कति संक्रमित थपिए?

प्रकाशित मिति २०७७ असोज ३ गते शनिवार ११:२२
प्रतिक्रिया दिनुहोस