वीरगंजमा प्याजको मूल्य निर्धारण, प्रतिकेजी रु ७५

वीरगंजमा प्याजको मूल्य निर्धारण, प्रतिकेजी रु ७५

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज ४ गते आईतबार १२:१०

  वीरगंज, ४ असोज । प्याजको कालोबजारी बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालय, पर्साले प्याजको मूल्य निर्धारण गरेको जनाएको छ । आइतवार सामुदायिक प्रहरी सेवा केन्द्र मीनाबजारको सम्पन्न बैठकले प्याजको मूल्य निर्धारण गरेको जिल्ला प्रशासन...

 

वीरगंज, ४ असोज । प्याजको कालोबजारी बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालय, पर्साले प्याजको मूल्य निर्धारण गरेको जनाएको छ । आइतवार सामुदायिक प्रहरी सेवा केन्द्र मीनाबजारको सम्पन्न बैठकले प्याजको मूल्य निर्धारण गरेको जिल्ला प्रशासन कार्यालय, पर्साले जनाएको छ ।

बैठकले प्याजको थोक मूल्य प्रतिकिलो रु ६५ र खुद्रा मूल्य रु. ७५ निर्धारण गरिएको जिप्रका, पर्साले जनाएको छ । निर्धारण गरेकोले मूल्य भन्दा बढी कसैले बिक्री वितरण गरेको पाइएमा कानून बमोजिम कारबाई हुने तथा प्याज, आलु तथा अन्य खाद्य पदार्थहरूको कालोबजारी गरेको पाएमा जिप्रकामा उजूरी गर्न अनुरोध गरिएको छ ।

प्रकाशित मिति २०७७ असोज ४ गते आईतबार १२:१०
प्रतिक्रिया दिनुहोस
लोप हुँदै मोदीका असला

लोप हुँदै मोदीका असला
२०८१ चैत २० गते बिहिबार ०५:३३

ढुसीको संक्रमणले पर्वतमा धानबाली नष्ट

ढुसीको संक्रमणले पर्वतमा धानबाली नष्ट
२०८१ साउन २२ गते मङ्गलबार ०६:२६

कृषक सुचिकरणको  लागि गणक आउने बारेको सूचना

कृषक सुचिकरणको लागि गणक आउने बारेको सूचना
२०७९ असार १२ गते आईतबार ०६:२७