वामदेव गौतम मन्त्री बन्नुहुन्छ : खनाल

वामदेव गौतम मन्त्री बन्नुहुन्छ : खनाल

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज ५ गते सोमबार ०१:५८

  काठमाडौं, ४ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले राष्टियसभा सदस्य वामदेव गौतम मन्त्री बन्ने सनसनीपूर्ण खुलासा गरेका छन् । नेपाली रेडियो नेटवर्कबाट प्रसारण...

 

काठमाडौं, ४ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले राष्टियसभा सदस्य वामदेव गौतम मन्त्री बन्ने सनसनीपूर्ण खुलासा गरेका छन् । नेपाली रेडियो नेटवर्कबाट प्रसारण हुने कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खनालले गौतमलाई मन्त्री बनाउने खुलासा गरेका हुन् । उनले संविधानले गौतमलाई मन्त्री बन्न कुनै अवरोध नगरेको पनि स्पष्ट पारेका छन् । उनले भने-“वामदेवजी मन्त्री बन्नुहुन्छ । उहाँलाई मन्त्री बन्नको लागि संविधान बाधक छैन् ।”

त्यस्तै, खनालले छिट्टै मन्त्रिमण्डल पूनर्गठन गरिने तयारी भएको पनि जानकारी दिए । उनकाअनुसार अहिलेका अधिकांश मन्त्रीहरु हटाईने र उनीहरुको ठाउँमा नयाँ अनुहार ल्याईने जनाए । खनालले समावेशिताअनुसार नै मन्त्रिमण्डल पूनर्गठन गरिन लागेको जनाए । पार्टीको सचिवालय बैठकमा समेत मन्त्रिण्डल पूनर्गठनबारे छलफल सुरु भएको छ ।

आज सोेमबार केदारनाथको दर्शन स्वरुप यो शिवलिङ्ग देख्नसाथ १ शेयर गर्नुहोस, आजको राशीफल हेर्नुहोस
https://dhaulagirimedia.com/7555/
प्रकाशित मिति २०७७ असोज ५ गते सोमबार ०१:५८
प्रतिक्रिया दिनुहोस