आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदराबाद भिड्दै

आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदराबाद भिड्दै

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज ५ गते सोमबार ०९:४६

इन्डियन प्रिमियर लिग (आईपीएल)को तेस्रो खेलमा आज राति रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदराबाद भिड्दै छन्। खेल नेपाली समयअनुसार पौने ८ बजे दुबईमा हुनेछ। बैंगलोर विराट कोहली र हैदराबाद डेभिड वार्नरको कप्तानीमा मैदान उत्रिनेछन्।...

इन्डियन प्रिमियर लिग (आईपीएल)को तेस्रो खेलमा आज राति रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदराबाद भिड्दै छन्।

खेल नेपाली समयअनुसार पौने ८ बजे दुबईमा हुनेछ।

बैंगलोर विराट कोहली र हैदराबाद डेभिड वार्नरको कप्तानीमा मैदान उत्रिनेछन्। यी २ टोलीबीच आईपीएलमा १५ खेल भएको छ। तीमध्ये हैदराबाद ८ खेलमा विजयी हुँदा ६ खेलमा पराजित भएको छ। एक खेल नतिजाविहीन छ।

अहिलेसम्मको नतिजा हेर्दा दुवै टोलीको प्रमुख हतियार ब्याटिङ हो। गत वर्ष लिग चरणको पहिलो खेलमा ओपनर जोनी बेस्ट्रो र डेभिड वार्नर दुवैको शतकमा हैदराबादले बैंगलोरलाई १ सय १८ रनको फराकिलो अन्तरले पराजित गरेको थियो।

प्रकाशित मिति २०७७ असोज ५ गते सोमबार ०९:४६
प्रतिक्रिया दिनुहोस