कांग्रेस जिल्ला सभापति भेला एक दिन लम्बियो, घोषणापत्र भोलि

कांग्रेस जिल्ला सभापति भेला एक दिन लम्बियो, घोषणापत्र भोलि

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ असार १२ गते मङ्गलबार ०९:४२

असार ७, २०७५ हेटौंडामा आयोजना गरिएको कांग्रेस जिल्ला सभापतिहरुको राष्ट्रिय भेला एक दिन लम्बिएको छ । ७७ जिल्ला सभापतिले बोल्ने क्रम बिहीबार अबेर सकिने भएकाले समापन गरी घोषणापत्र शुक्रबार जारी गरिने प्रवक्ता विश्वप्रकाश शर्माले...

असार ७, २०७५ हेटौंडामा आयोजना गरिएको कांग्रेस जिल्ला सभापतिहरुको राष्ट्रिय भेला एक दिन लम्बिएको छ । ७७ जिल्ला सभापतिले बोल्ने क्रम बिहीबार अबेर सकिने भएकाले समापन गरी घोषणापत्र शुक्रबार जारी गरिने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

हेटौंडा घोषणापत्र तयारीको लागि काभ्रेका सभापति मधुप्रसाद आचार्य, स्याङजाका कमल पङ्गेनी, मोरङका डिकबहादुर लिम्बु लगायतले सहजिकण गरेको पनि प्रवक्ता शर्माले जानकारी दिनुभयो ।  भेलामा उठ्यो हिन्दू राष्ट्रको विषय  हेटौंडामा जारी काग्रेस सभापतिहरुको राष्ट्रिय भेलामा हिन्दू राष्ट्रको विषय उठेको छ । बिहीबार बोल्ने क्रममा डडेल्धुरा सभापति कर्ण मल्ल, दाङका कीर्तिबहादुर खड्का, पर्वतका खिमप्रसाद भुसाल, पर्साका अजय द्वीवेदी, अछामका भरत स्वारले यो विषय पार्टीले सम्बोधन गर्नुपर्ने धारणा राखेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

प्रकाशित मिति २०७५ असार १२ गते मङ्गलबार ०९:४२
प्रतिक्रिया दिनुहोस