मोदी गाउ्रँपालिकाले आफ्नै लोगो बनाउने, लोगोको डिजाइन गर्नेलाई २० हजार पुरस्कार

मोदी गाउ्रँपालिकाले आफ्नै लोगो बनाउने, लोगोको डिजाइन गर्नेलाई २० हजार पुरस्कार

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज ७ गते बुधबार ११:४५

  पर्वत- जिल्लाको मोदी गाउँपालिकाले आफ्नो पहिचानन झल्कने गरी लोगो निर्माण गर्ने भएको छ । गाउँपालिकाको पहिचान सहितको लोगो निर्माणका लागि गाउँपालिकाले सुचना जारी गर्दै त्यसको डिजाईनको इकपी उपलब्ध गराउन सर्वसाधारणलाई आब्हान...

 

पर्वत- जिल्लाको मोदी गाउँपालिकाले आफ्नो पहिचानन झल्कने गरी लोगो निर्माण गर्ने भएको छ । गाउँपालिकाको पहिचान सहितको लोगो निर्माणका लागि गाउँपालिकाले सुचना जारी गर्दै त्यसको डिजाईनको इकपी उपलब्ध गराउन सर्वसाधारणलाई आब्हान गरेको छ ।
गाउँपालिकाको ऐतिहासिक, प्राकृतिक, सामाजिक, सांस्कृतिक एव्म विशिष्ट पहिचान झल्कने गरी लोगो निर्माण गर्न लागिएको गाउँपालकाका प्रमुख प्रशासकीय अधिकृत किसान बहादुर क्षेत्रीले जानकारी दिए ।

उनले लोगो निर्माणका लागि इच्छुक ब्यक्तिहरुले सुचना प्रकाशन भएको मितिले २१ गते दिन भित्रमा गाउँपालिकामा पेश गर्न सक्ने समेत जानकारी दिए । गाउँपलिकाको नाम, नेपालको झण्डा समावेश भएको लोगो निर्माण गरी पुराउने सम्मान स्वरुप २० हजार गाउँपालिकाले उपलब्ध गराउने प्रमु्ख प्रशासकीय अधिकृत क्षेत्रीको भनाई छ ।

लोगो निर्माण गर्दा गाउँपालिकाको मौलिक पहिचान प्रस्तुत गर्ने कुरामा ध्यान दिइने गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलको भनाई छ । गाउँपालकिाको छनौट समितिद्धारा लोगो छनौट गरी उत्कृष्ट लोगोलाई आधाकारिक गाउँपालिकाको लोगोको रुपमा प्रयोग गरिने गाउँपालिकाका प्रवक्ता बिमल लामिछानेले जानकारी दिए

https://i1.wp.com/parbatnews.com/wp-content/uploads/2020/09/

प्रकाशित मिति २०७७ असोज ७ गते बुधबार ११:४५
प्रतिक्रिया दिनुहोस