स्याङ्जामा पहिरोमा परि मृत्यु भएका ६ जनाको सनाखत

स्याङ्जामा पहिरोमा परि मृत्यु भएका ६ जनाको सनाखत

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज ८ गते बिहिबार ०५:३४

लगातारको अबिरल बर्षासँगै आएको पहिरोमा मृत्यु भएका स्याङ्जाका ६ जनाको सनाखत भएको छ। स्याङ्जाको वालिङ नगरपालिकामा ५ जना तथा कालीगण्डकी गाउँपालिकामा १ जनाको सनाखत भएको हो। वालिङमा एक जनाको भने जीवितै उद्धार गरिएको छ। स्याङ्जाका...

लगातारको अबिरल बर्षासँगै आएको पहिरोमा मृत्यु भएका स्याङ्जाका ६ जनाको सनाखत भएको छ।

स्याङ्जाको वालिङ नगरपालिकामा ५ जना तथा कालीगण्डकी गाउँपालिकामा १ जनाको सनाखत भएको हो।

वालिङमा एक जनाको भने जीवितै उद्धार गरिएको छ। स्याङ्जाका प्रहरी प्रवक्ता डीएसपी राजेन्द्रप्रसाद अधिकारीका अनुसार उद्धार गरिएकी १५ वर्षीया मनिषा नेपालीलाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको छ।

Century masala 3

अधिकारीका अनुसार पहिरोमा परी २८ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीया सानी नेपाली र ९ वर्षीय विवश नेपालीको मृत्युभएको छ। उनीहरुको पुरिएको अवस्थामा शव निकालिएको हो।

यस्तै कालिगण्डकी गाउँपालिका ४ गौतमडाँडामा गएको पहिरोमा परी मृत्यु भएका एक जनाको पनि सनाखत भएको छ। सो स्थानमा बाबुराम दमाई र जगत बहादुर दमाईको घर पुरिँदा बाबुरामका १६ वर्षीय छोरा विष्णु दमाईको ज्यान गएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति २०७७ असोज ८ गते बिहिबार ०५:३४
प्रतिक्रिया दिनुहोस