नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार नाघ्यो, ५१ हजार बढी निको भए

नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार नाघ्यो, ५१ हजार बढी निको भए

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज ९ गते शुक्रबार ११:२७

नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार नाघेको छ। पछिल्लो २४ घण्टामा थप १ हजार ३१३ जनामा कोरोना भाइरसको संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा...

नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार नाघेको छ।

पछिल्लो २४ घण्टामा थप १ हजार ३१३ जनामा कोरोना भाइरसको संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १ हजार ३१३ जनामा कोरोना पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ४५५ जना कोरोना संक्रमित निको भएसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ५१ हजार ८६६ पुगेको छ।

प्रकाशित मिति २०७७ असोज ९ गते शुक्रबार ११:२७
प्रतिक्रिया दिनुहोस