ओली सरकारले अति गरेपछि कांग्रेसले दियो दनक, ‘नेकपाको सचिवालय संवैधानिक परिषद् होइन !

ओली सरकारले अति गरेपछि कांग्रेसले दियो दनक, ‘नेकपाको सचिवालय संवैधानिक परिषद् होइन !

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज ९ गते शुक्रबार ०१:०२

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई सचेत गराएको छ। सरकारले हरेक कुरामा राजनीतिकरण गरेपछि नेपाली कांग्रेसले सचेत गराएको हो । राज्यका अंगलाई आफ्नै पार्टीको अंगजस्तो...

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई सचेत गराएको छ।

सरकारले हरेक कुरामा राजनीतिकरण गरेपछि नेपाली कांग्रेसले सचेत गराएको हो । राज्यका अंगलाई आफ्नै पार्टीको अंगजस्तो बनाउँदै गएको भन्दै कांग्रेसले विज्ञप्ति जारी गर्दै हेक्का राख्न भनेको छ ।

‘प्रधानमन्त्रीज्यू हेक्का रहोस् नेकपाको सचिवालय संवैधानिक परिषद् होइन १’ कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ । ‘नेकपा नेतृत्वको सरकारले संवैधानिक परिषदको गरिमालाई निरन्तर अवमूल्यन गर्दै आएको सर्वविदितै छ । लोकतान्त्रिक राज्य ब्यवस्थामा संवैधानिक परिषद्को अलग्गै महत्व, मर्म एवं मुल्य हुन्छ र हुनु पर्दछ भन्ने सरकारले नबुझ्नु दुःखद त छ नै लोकतान्त्रिक पद्धतिका लागि सुखद संकेत होइन ।’

विज्ञप्तिमा ‘संवैधानिक निकायहरूको गठनमा लामो समय ढिलाइ गरियो । अध्यादेश मार्फत संवैधानिक परिषदकै औचित्य समाप्त पार्ने असफल षड्यन्त्र पनि यस बीचमा गरियो । नेकपा सचिवालयको पछिल्लो बैठकले संवैधानिक नियुक्तिहरु गर्ने बिषयमा जुन रूपमा आफुलाई संलग्न गरायो त्यसबाट यसको बचेको गरिमालाई अन्त्य गर्ने दिशामा सरकार उद्दत रहेको पुष्टि भएको छ ।’ उल्लेख छ ।

साथै ‘संवैधानिक परिषद एवं संवैधानिक नियुक्तिका सम्बन्धमा संविधानले ब्यवस्था गरेको प्रबन्ध र पद्धति भन्दा बाहिर गएर कार्य नगर्न नेपाली कांग्रेस सम्माननीय प्रधानमन्त्रीलाई सजग गराउंदै सार्वजनिक रुपले अपील र आग्रह गर्दछ । पनि भनिएको छ ।

प्रकाशित मिति २०७७ असोज ९ गते शुक्रबार ०१:०२
प्रतिक्रिया दिनुहोस