श्रीमतीको बलमा मात्र अभ्यास गरेकाले कोहली हारे भनेपछि अनुष्का आक्रोशित

श्रीमतीको बलमा मात्र अभ्यास गरेकाले कोहली हारे भनेपछि अनुष्का आक्रोशित

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज १० गते शनिवार १०:२२

गत बिहीबार इन्डियन प्रिमियर लिगमा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीको टोली रोयल चयालेन्जर्स बैंगलोर किंग्स इलेभन पन्जाबसँग हार्यो। उक्त खेलपछि भारतीय क्रिकेट टोलीका पूर्व कप्तान सुनिल गभास्करले विराट कोहलीको टोली...

गत बिहीबार इन्डियन प्रिमियर लिगमा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीको टोली रोयल चयालेन्जर्स बैंगलोर किंग्स इलेभन पन्जाबसँग हार्यो।

उक्त खेलपछि भारतीय क्रिकेट टोलीका पूर्व कप्तान सुनिल गभास्करले विराट कोहलीको टोली पराजित हुनुको कारण खुलाउँदै एक टिप्पणी गरेका थिए।

उनले भनेका थिए,‘विराटलाई थाहा छ उनले लकडाउनमा धेरै अभ्यास गरेनन्। तर उनी धेरै अभ्यास गर्न चाहन्छन्। जति अभ्यास गर्यो त्यति राम्रो भइन्छ भन्ने उनलाई थाहा छ। तर लकडाउनको समयमा विराटले अनुष्काको बलममा मात्र अभ्यास गरे। त्यो खेल जित्न पर्याप्त छैन।’

लकडाउनका बेला अनुष्का र कोहलीले क्रिकेट खेलेको एक भिडियो भाइरल बनेको थियो। जसलाई आधार मान्दै गभास्करले यस्तो बताएका थिए।

तर श्रीमतीको बलमा मात्र अभ्यास गरेकाले कोहली हारेको भनेपछि यतिबेला कोहलीकी श्रीमती अनुष्का शर्मा रुष्ट बनेकी छिन्।

गभास्करको टिप्पणीमा अनुष्काले भनेकी छिन्,‘आदरणीय श्री गभास्कर ज्यु, तपाइँ दिग्गज खेलाडी हुनुहुन्छ जसको नाम खेलकुदमा ठूलो उचाइमा छ। तर म यो भन्न चाहन्छु कि तपाइँले भनेको कुराले मेरो चित्त दुखेको छ।’ एजेन्सी

प्रकाशित मिति २०७७ असोज १० गते शनिवार १०:२२
प्रतिक्रिया दिनुहोस