व्यवसायी चन्द्र ढकाल भन्छन् : सतर्कता अपनाउँदा अपनाउँदै पनि मलाई कोरोना संक्रमण भएछ!

व्यवसायी चन्द्र ढकाल भन्छन् : सतर्कता अपनाउँदा अपनाउँदै पनि मलाई कोरोना संक्रमण भएछ!

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज १२ गते सोमबार ०५:१२

व्यवसायी चन्द्रप्रसाद ढकाललाई कोरोना संक्रमण भएको छ। सोमबार सामाजिक सञ्जालमार्फत व्यवसायी ढकाल आफैंले आफ्नो रिपोर्ट कोरोना पोजिटिभ आएको जानकारी दिएका हुन्। आफूले सतर्कता अपनाइरहेको भए पनि कोरोना संक्रमण देखिएको उनले उल्लेख...

व्यवसायी चन्द्रप्रसाद ढकाललाई कोरोना संक्रमण भएको छ।

सोमबार सामाजिक सञ्जालमार्फत व्यवसायी ढकाल आफैंले आफ्नो रिपोर्ट कोरोना पोजिटिभ आएको जानकारी दिएका हुन्।

आफूले सतर्कता अपनाइरहेको भए पनि कोरोना संक्रमण देखिएको उनले उल्लेख गरेका छन्।

‘विश्वमै महामारीका रूपमा रहेको कोभिड–१९ को प्रकोप हाम्रो देशमा पनि बढ्दो रूपमा रहेको सबैलाई जानकारी नै छ। यस समयमा म आफू पनि जनस्वास्थ्यका मापदण्डहरू पालनाका साथ सतर्कता र सजगता अपनाइरहेको भए पनि हिजो (आइतबार) गरेको स्वास्थ्य जाँचका क्रममा आज बिहान मेरो स्वास्थ्य रिपोर्ट पोजिटिभ देखिएको छ,’ फेसबुकमा उनले लेखेका छन्, ‘तर मलाई स्वास्थ्यमा कुनै समस्या छैन, सामान्य अवस्थामै घरमा सुरक्षित आइसोलेसनमा बसेको छु। त्यसैले केही दिनयता मेरो सम्पर्कमा आउनुभएका सबैलाई सुरक्षित रहन र आवश्यक स्वास्थ्य सजगता अपनाउनु हुन यसै सूचनामार्फत आग्रह गर्दछु।’

प्रकाशित मिति २०७७ असोज १२ गते सोमबार ०५:१२
प्रतिक्रिया दिनुहोस