काकी भतिज काण्डको रहस्य खुल्यो, भर्खरै प्रहरीले भेट्टायो यति ठूलो प्रमाण

काकी भतिज काण्डको रहस्य खुल्यो, भर्खरै प्रहरीले भेट्टायो यति ठूलो प्रमाण

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज १३ गते मङ्गलबार ०४:५५

ललितपुरको चुनीखेलकी गीता केसीको हत्या अभियोगमा पक्राउ परेका निर्मल केसीविरुद्ध जिल्ला अदालत ललितपुरमा मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले सोमबार गीताकै भतिजा निर्मललाई जन्मकैदको सजाय माग गर्दै अदालतमा...

ललितपुरको चुनीखेलकी गीता केसीको हत्या अभियोगमा पक्राउ परेका निर्मल केसीविरुद्ध जिल्ला अदालत ललितपुरमा मुद्दा दर्ता भएको छ।

जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले सोमबार गीताकै भतिजा निर्मललाई जन्मकैदको सजाय माग गर्दै अदालतमा मुद्दा दर्ता गरेको हो।

उक्त मुद्दामा मंगलबारबाट अदालतमा बयान र पुर्पक्षको बहस चल्ने छ।

पक्राउपछि गरिएको बयानका क्रममा उनले गीताको हत्या आफूले गरेको स्वीकार गरिसकेका छन्। निर्मल र गीताबीच चार वर्षदेखि शारीरिक सम्बन्ध रहेको पाइएको छ।

घटना भएकै दिनपनि आफूहरुबीच शारीरिक सम्बन्ध भएको निर्मलले बताएका छन्। उनीहरुबीच विगत चार वर्षदेखि यस्तो सम्बन्ध रहेको समेत खुलेको छ।

घट्नास्थलमा छरिएको अवस्थामा फेला परेको भनिएको नागरिकतासहितको ब्याग, जुत्ता, परिचय पत्र, पहेँलो कपडाको सल मृतक गीता केसीको हो। घटनास्थल नजिकबाट बरामद गरेको नोकिया कम्पनीको अगाडीको सिसा फुटेको मोवाईल मैले नै प्रहरीलाई देखाइदिएको हो।

घटनाको समयमा मैले प्रयोग गरेको मेरो बा९३प ४६२३ नम्वरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ।

काकीले विगत २ वर्षदेखि अल्का अस्पतालमा हाउस किपिङ्गको काम गर्न थाल्नु भएको थियो। मैले आफ्नो मोटरसाईकलमा राखेर काकीलाई काममा पुर्याउने र घरमा ल्याउने गर्दै आइरहेको थिएँ।

सोही क्रममा २०७७ भदौ १७ गतेका दिन बिहानै मैले काकीलाई फोन गरेर घुम्न जाऔं भन्दा काकीले सहमति जनाउनु भयो।

दिनको अन्दाजी सवा एक बजेतिर काकीलाई मोटरसाइकलमा राखेर म भैंसेपाटीबाट बाटो लागें।

एकान्तकुनास्थित पेट्रोलपम्पमा पुगेर मोटरसाइकलमा पेट्रोल राखेपछि मैले काकीलाई आज लेलेतिर घुम्न जाऔं है भन्दा काकीले हुन्छ भन्नु भयो। त्यसपछि लेलेतिर घुमफिर गरी साँझ घर फर्कंदै थियौं। चापागाउँतर्फ आउने क्रममा लेले भञ्ज्याङ्गमा पुगेपछि काकीसँग शारीरिक सम्पर्क राख्ने सोच बनाएँ।

मोटरसाइकल भञ्ज्याङ्गबाट मोडेर जंगलको बीच भागको बाटोमा पुर्‍याएपछि सहमतिमा शारीरिक सम्पर्क गरेँ।

 

शारीरिक सम्पर्क राखेपछि कुराकानी हुँदा काकीले भन्नुभयो, ‘मलाई आज घरमा जान मन लागेको छैन।’

मैले किन भनि सोध्दा काकीले भन्नुभयो, ‘मैले घर, बालबच्चा र तपाईंलाई छोड्न सक्दिनँ र मलाई माया गर्ने अरु मानिसहरूलाई पनि छोड्न सक्दिनँ, मर्‍यो भने आनन्द हुन्छ जस्तो लागेर आत्महत्या गर्न मन लाग्छ।’

काकीको त्यस्तो कुरा सुनेर म छाँगाबाट खसेजस्तै भएँ। मैले काकीलाई आफ्नो श्रीमतीलाई भन्दा बढी माया गर्थेँ, समय दिन्थेँ, हरेक ईच्छा आकांक्षा पुर्याउने गरेको थिएँ।

र, पनि अरु मानिसहरूसँग सल्किएको कुरा सुनेर काकीप्रति घृणा जाग्यो। आवेगमा यसलाई यही एकान्त जंगलमा सिध्याएर फाल्छु भन्ने सोच आयो। र, मैले उभिएर बसेकी काकीको गलामा बेरिएको सललाई पछाडीबाट दुवै हातले समाती काकीको घाँटीमा कहिबेर जोडले कसेपछि काकीको प्राण गयो।

त्यसपछि लाश कसैले देख्छ कि भन्ने डरले बाटो छेउको भीरबाट धकेलेर जंगलको झाडीतर्फ पल्टाएँ। जंगलको भिरालो ठाउँबाट बेगले गुल्टिँदै लाश तल बाटोबाट नदेखिने ठाउँमा पुग्यो।

मोटरसाईकलको ह्याडलमा झुण्ड्याएको काकीको खैरो रंगको लेडिज व्यागमा रहेको काकीको मोवाइल झिकेर व्याग जंगलको झाडीमा फालें। मोवाईल आफ्नो गोजीमा राखेर हतार हतार मोटरसाईकल चलाएर बाटो लागें।

केहि अगाडी आईपुग्दा काकीको मोवाईलमा फोन आयो। तर मैले फोन उठाइनँ। मोवाईलको कारण फसिने डरले मैले गोजीमा राखेको मोवाईल समेत त्यही जंगलतर्फ फ्याँकें।

त्यसपछि सरासर आफ्नो घरमा आएर बसें।

त्यही दिन बेलुकासम्म पनि काकी घरमा नआएको भनि काकीको सानी छोरीले मलाई फोन गरेपछि काका शिवशरण केसीले मलाई शंका गरे कि भनेर काकालाई भेट्न गएँ।

काकालाई भनेँ, ‘दिउँसो काकीलाई अल्का अस्पताल नजिक पुर्‍याएर फर्केको थिएँ, यतिखेरसम्म त आईपुग्नु पर्ने।’

फोन गरेर बुझ्छु भनेर अल्का अस्पतालमा काम गर्ने काकीका साथीहरूलाई समेत फोन गरी सोधी खोजी गरेँ। प्रहरीले खोजतलासको क्रममा काकी गीता केसी हराएको र १७ गते दिउँसो काकीलाई मैले मोटरसाईकलमा लिएर हिंडेको कुरा थाहा पाएछ।

प्रहरीले मलाई भैंसेपाटी चोकबाट लिएर गएपछि मलाई अब फसियो भन्ने लाग्यो। प्रहरीले सोधपुछ गर्दा मैले काकीलाई मारेको हुँ भनि वास्तविक कुरा बताएँ।

प्रकाशित मिति २०७७ असोज १३ गते मङ्गलबार ०४:५५
प्रतिक्रिया दिनुहोस