पर्वतमा पछिल्ला केहि दिन यता पार्टी प्रवेशका अनेक श्रृङ्खलाहरु देखिएका छन् । जस मध्ये सोमवार पर्वतको कुश्मा नगरपालिका वडा नं. १ पाङमा पनि दोहोरिएको छ ।
आइतवार नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका युवाहरु सोमवार पुनः नेकपामै फर्किएका हुन् । पाङमा सक्रिय आधा दर्जन युवाहरु सोमवार पुःन नेकपमा प्रवेश गरेका हुन् । मंगलवार कुश्मा नगरपालिका वडा न १ पाङमा आयोजीत एक कार्यक्रमका वीच नेकपा कुश्मा नगर कमिटिका अध्यक्ष शंकर गिरीले उनीहरुलाई टिका तथा खादा लगाई पुनः पार्टीमा स्वागत गर्नुभएको हो ।
नेपाली कांग्रेसले विभिन्न प्रलोभन देखाउँदै पार्टी प्रवेश गराएको भन्दै युवाहरुले असन्तोष जनाएका थिए । नगर कमिटि अध्यक्ष गिरीले युवाहरुलाई राजनैतिक र वैचारिक क्षेत्रबाट विचलित नभई कार्य क्षेत्रमा लाग्न अनुरोध गर्नुभयो । केहि बेरका लागि बाँडिने झुटा आश्वसनको पछि नलागेर युवाहरु समग्र देश परिर्वतन र विकासको पक्षमा लाग्नुपर्ने गिरीको भनाई थियो ।
उहाँले युवाहरु अव उद्यममा जोडिदै आर्थिक सम्बृद्धिको बाटोमा लाग्ने बेला आएको समेत बताउँदै त्यसका लागि दुई तिहाई बहुमतको सरकारले युवामुखि कार्यक्रम अघि सारेको बताउनुभयो ।
कार्यक्रममा वडा न १ का वडा अध्यक्ष तथा नेकपा नेता देवेन्द्र सुवेदीले युवाहरुलाई स्वरोजगार तर्फ उन्मुख हुने गरी स्वाबलम्बि बन्ने कुरामा वर्तमान सरकारले सहयोग गरीरहेको बताउनुभयो ।
कार्यक्रममा नेकपा नेताहरु भिम नेपाली, शंकर रिजाल लगाएतले नवआगन्तुकलाई स्वागत गर्नुभएको थियो । सो अवसरमा अनिस परियार, अजित परियार, नविन परियार, सञ्जय परियार, असिम परियार र दिनेश परियार लगाएतका युवाहरु नेकपामा प्रवेश गरेका थिए ।
प्रकाशित मिति २०७७ असोज १३ गते मङ्गलबार ०६:२२