पहिरो छिचलेर बल्ल आयो बगरफाँटमा खानेपानी, स्थानीयमा खुसीयाली

पहिरो छिचलेर बल्ल आयो बगरफाँटमा खानेपानी, स्थानीयमा खुसीयाली

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज १४ गते बुधबार ०१:२९

  पर्वत( उत्तरी पर्वतको जलजला गाउपालिकाको वडा नं। २ र ३ मा पर्ने बगरफाँटमा चार दिनपछि खानेपानी आपुर्ति सूचारु भएको छ । कालीपुल जोड्ने झोलुङ्गे पुल नजिकै गत शुक्रबार राती खसेको पहिरोले बगरफाट तर्फ लगिएको वारिबेनी लिफ्ट खानेपानी...

 

पर्वत( उत्तरी पर्वतको जलजला गाउपालिकाको वडा नं। २ र ३ मा पर्ने बगरफाँटमा चार दिनपछि खानेपानी आपुर्ति सूचारु भएको छ ।
कालीपुल जोड्ने झोलुङ्गे पुल नजिकै गत शुक्रबार राती खसेको पहिरोले बगरफाट तर्फ लगिएको वारिबेनी लिफ्ट खानेपानी आयोजनाको पाइपाइन बगाएको थियो ।

पहिरोले पुरेर क्षति पुर्‍याएको ठाउँमा नयाँ पाइपलाईन राखेर मंगलवारदेखि नियमीत खानेपानी आपुर्ति सूचारु गराएको वारीबेनी लिफ्ट खानेपानी आयोजनाको उपभोक्ता संस्थाका अध्यक्ष लोकनाथ रेग्मीले जानकारी दिनुभयो ।

संस्थाका प्राबिधिक, पदाधीकारी र बगरफाँटका स्थानीयबासीहरुले पाइपलाइन मर्मतमा जोखिम मोलेर दुई दिन खटिएका थिए । पाइपलाइनसँगै वारीबेनी हुदै बगरफाँट जोड्ने पहिरोले भत्काएको पदमार्ग समेत मर्मत गरिएको अध्यक्ष रेग्मीले बताउनुभयो ।
बगरफाँटमा २ सय २५ घरधुरीले संस्थाले बितरण गरेको निजी धारा सहितको खानेपानी उपभोग गर्दै आएका छन् । आयोजनाको पानी आपुर्ति नहुँदा बगरफाँटका खानेपानीको हाहाकार मच्चिएको थियो ।

गत असार २५, २६ र साउन ५ गते कालीगण्डकीमा आएको बाढीले कालीपुल पारिको भिरको फेदीको सडक बगाएपछि बगरफाँट साढे दुई महिनादेखि यातायात सम्पर्क बिच्छेद भएको छ ।

बर्षेनी सडक कटान गर्ने समस्या भएकाले कालीपुल देखि बगरफाँट जोड्ने मोटरेबल पुल निर्माणको माग गरिएको वडा अध्यक्ष रवि भण्डारीले बताउनुभयो ।

प्रकाशित मिति २०७७ असोज १४ गते बुधबार ०१:२९
प्रतिक्रिया दिनुहोस