शंकरदास बैरागी बने मुख्यसचिव

शंकरदास बैरागी बने मुख्यसचिव

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज १५ गते बिहिबार ०६:१७

सरकारले परराष्ट्र सचिव शंकरदास बैरागीलाई मुख्य सचिव नियुक्त गरेको छ। मुख्यसचिव लोकदर्शन रेग्मीले बिहीबार राजीनामा दिएपछि मन्त्रीपरिषद बैठकले रिक्त पदमा बैरागीलाई नियुक्त गरेको हो। सोहि बैठकले बिहीबार नै राजीनामा गरेका रेग्मीलाई...

सरकारले परराष्ट्र सचिव शंकरदास बैरागीलाई मुख्य सचिव नियुक्त गरेको छ।

मुख्यसचिव लोकदर्शन रेग्मीले बिहीबार राजीनामा दिएपछि मन्त्रीपरिषद बैठकले रिक्त पदमा बैरागीलाई नियुक्त गरेको हो।

सोहि बैठकले बिहीबार नै राजीनामा गरेका रेग्मीलाई बेलायत र निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाको राजदूत नियुक्त गर्ने निर्णय पनि गरेको छ।

स्रोतका अनुसार मन्त्रिपरिषद् बैठकले पहिलो एजेन्डाको रुपमा रेग्मीको राजिनामा स्वीकृत गरेको थियो। त्यसपछि सबैभन्दा वरिष्ठ सचिव महेन्द्र गुरागाईंले बैठकमा मुख्यसचिव ले गर्ने जिम्मेवारी सम्हालेका थिए।

त्यसपछि दोस्रो एजेण्डाको रुपमा मुख्यसचिवमा परराष्ट्र सचिव शंकरदास बैरागीलाई नियुक्त गरेको हो।

प्रकाशित मिति २०७७ असोज १५ गते बिहिबार ०६:१७
प्रतिक्रिया दिनुहोस