मन्‍त्रालय फुटाएर मन्‍त्री थपे विरोधमा उत्रन्छौंः कांग्रेसका वरिष्ठ नेता पौडेल

मन्‍त्रालय फुटाएर मन्‍त्री थपे विरोधमा उत्रन्छौंः कांग्रेसका वरिष्ठ नेता पौडेल

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज १५ गते बिहिबार ०७:०५

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले मन्त्रालय फुटाएर मन्त्री थप गरे विरोधमा उत्रिने चेतावनी दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस् लेख्दै उनले विरोधमा उत्रिने चेतावनी...

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले मन्त्रालय फुटाएर मन्त्री थप गरे विरोधमा उत्रिने चेतावनी दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस् लेख्दै उनले विरोधमा उत्रिने चेतावनी दिएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली केही मन्त्रालय फुटाएर मन्त्रिपरिषद् पुनर्गठनका लागि आन्तरिक छलफलमा रहेका बेला नेता पौडेलले यस्तो चेतावनी दिएसँगै नयाँ तरंग आएको स्रोतले जनाएको छ ।

जनतालाई सर्वसुलभ स्वास्थ्य सुविधा दिन नसकिरहेको अवस्थामा मन्त्रालय बढाउने काम गरिन नहुने उनको भनाइ रहेको छ । नेता पौडेलले सामाजिक सञ्जाल फेसबुकमा “देश विकास गर्ने सारा बजेटलाई अनावश्यक भर्तीकेन्द्र खोली बिना दरबन्दी जतासुकै मनपर्दी ढंगले मान्छे भर्ने काम कम्युनिस्टले चलाएका छन्,” लेखेका छन् ।

उनले थप्दै “कर्मचारीको पेन्सन धान्‍न नसक्ने भइसकेको अवस्था छ । जनतालाई सर्वसुलभ स्वास्थ्य सुविधा दिन नसकिरहेको अवस्थामा फेरि मन्त्रालय बढाउने काम गरियो भने त्यसको घोर विरोधमा हामी उत्रनेछौं ।” भनेका छन् ।

प्रकाशित मिति २०७७ असोज १५ गते बिहिबार ०७:०५
प्रतिक्रिया दिनुहोस