पर्वतका शंकरदास बैरागी नयाँ मुख्यसचिव, रेग्मीले दिए राजीनामा

पर्वतका शंकरदास बैरागी नयाँ मुख्यसचिव, रेग्मीले दिए राजीनामा

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज १५ गते बिहिबार ०२:५५

  काठमाडौँ –  सरकारले परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई नयाँ मुख्यसचिव बनाएको छ। एक मन्त्रीका जानकारी अनुसार बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले बैरागीलाई मुख्यसचिव बनाउने...

 

काठमाडौँ –  सरकारले परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई नयाँ मुख्यसचिव बनाएको छ।

एक मन्त्रीका जानकारी अनुसार बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले बैरागीलाई मुख्यसचिव बनाउने निर्णय गरेको हो । बैरागी पर्वत जिल्लाबाट प्रशासनिक क्षेत्रको सबैभन्दा माथिल्लो पद मुख्यसचिब बन्ने पहिलो ब्यक्ति हुन । उनी पर्वतको जलजला गाउँपालिकाको माझफाँटका बासिन्दा हुन ।

यसअघिका मुख्यसचिव लोकदर्शन रेग्मीले राजीनामा दिएका छन्। उनले कार्यकाल सकिनु केही दिन बाँकी हुँदा राजीनामा दिएका हुन्।

मुख्यसचिव रेग्मीले कात्तिक ४ गते तीन वर्षे पदावधि पुरा गर्दै थिए । मुख्यसचिवका लागि शंकरदास वैरागी, केदार अधिकारी, मोहनकृष्ण सापकोटालगायत दौडमा थिए।

प्रकाशित मिति २०७७ असोज १५ गते बिहिबार ०२:५५
प्रतिक्रिया दिनुहोस